माधव नेपाल भन्छन्– ओलीले एकताको ढोका बन्द गर्नुभयो, अब राष्ट्रिय सरकार बनाउनुपर्छ

 नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अब एमालेसहितको राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका छन् । पुनस्र्थापित संसदलाई  बचाउनुपर्ने र महामारी लगायतका चुनौतीको सामना गर्नुपर्ने भएकाले राष्ट्रिय सरकारको आवश्यकता रहेको नेता नेपालको विश्लेषण छ ।

कोटेश्वरस्थित आफ्नै निवासमा बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटका क्रममा नेता नेपालले अब सिंगै एमालेले संस्थागत रुपमा सरकारलाई विश्वासको मत दिनुपर्ने बताए । एमालेबाट संस्थागत निर्णय हुन सकेन भने पनि सांसदहरुले स्वतन्त्र रुपमा विश्वासको मत दिएर संसद र सरकारलाई टिकाउने नेता नेपालले प्रधानमन्त्री देउवालाई आश्वस्त पारे ।




प्रधानमन्त्री देउवासँग भएको कुराकानीबारे सोधिएको प्रश्नमा नेता नेपालले भने, ‘अहिले कसैले पनि मध्यावधि चुनाव चाहेकै छैन । केपी ओलीका लागि पनि अहिले नै चुनाव चाहिएको छैन । पार्टी एकताको काम पनि बाँकी नै छ । त्यसैले देशलाई अस्थिरतातिर जान नदिनका लागि सबैले एकमत भएर संसदलाई बचाउनुपर्छ ।’

एमाले नेता नेपालले आगामी चुनावसम्म राष्ट्रिय एकताको सरकार बनाएर अघि बढ्न आवश्यक रहेको बताउँदै भने, ‘कोभिडसँग जुध्नुपर्नेछ, आर्थिक संकटको सामना गर्नुपर्नेछ, बाढी पहिरो पीडितको समस्या समाधान गर्नुपर्ने छ, राष्ट्रियताको जगेर्ना गर्नुपर्नेछ, संघीयतालाई जोगाउनुपर्ने र संस्थागत गर्नुपर्नेछ र विकासका कामहरु गर्नुपर्नेछ । यी सबै कामका लागि अब लडाइँ–झगडा बन्द गरेर चुनावसम्म राष्ट्रिय एकताको सरकार बनाएर अघि बढ्नुपर्छ ।’


नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अब एमालेसहितको राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका छन् । पुनस्र्थापित संसदलाई बचाउनुपर्ने र महामारी लगायतका चुनौतीको सामना गर्नुपर्ने भएकाले राष्ट्रिय सरकारको आवश्यकता रहेको नेता नेपालको विश्लेषण छ ।


कोटेश्वरस्थित आफ्नै निवासमा बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटका क्रममा नेता नेपालले अब सिंगै एमालेले संस्थागत रुपमा सरकारलाई विश्वासको मत दिनुपर्ने बताए । एमालेबाट संस्थागत निर्णय हुन सकेन भने पनि सांसदहरुले स्वतन्त्र रुपमा विश्वासको मत दिएर संसद र सरकारलाई टिकाउने नेता नेपालले प्रधानमन्त्री देउवालाई आश्वस्त पारे ।

E

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला