बिजय गच्छदारले खोले बालुवाटार काण्डका मुख्य योजनाकार माधव नेपाल रहेको तथ्य, यस्तो छ बयान
काठमाडौं, असार ३१ । पूर्वउपप्रधानमन्त्री बिजयकुमार गच्छदारले ललिता निवास जग्गा ब्यक्तिको नाममा गराउने काममा माधवकुमार नेपाल नै मुख्य जिम्मेवार रहेको तथ्य खोल्नुभएको छ । बिशेष अदालतमा बयानको क्रममा तात्कालिन प्रधानमन्त्री नेपालका मन्त्री गच्छदारले आफूले प्रधानमन्त्री नेपालकै निर्देशनअनुसार मन्त्रिपरिषदमा ललितानिवाश सम्बन्धी प्रस्ताव पठाएको बताउनु भयो ।
बालुवाटारको १ सय १३ रोपनी सरकारी जग्गा नक्कली मोही खडा गरी व्यक्तिका नाममा गर्ने र प्रधानमन्त्री निवासको जग्गा भूमाफियाको स्वार्थमा सट्टापट्टा गर्ने काम तत्कालीन सरकारले गरेको थियो । ती सवै काममा आफू र अन्य मन्त्री वा सचिव नभई प्रधानमन्त्री माधव नेपालको निर्देशनमा भएको खुलासा गच्छदारले गर्नुभएको हो ।
कांग्रेस उपसभापतिसमेत रहनुभएका गच्छदार बुधवार बिशेष अदालतमा हाजिर भई बयान दिएपछि १० लाख धरौटीमा रिहा हुनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको डेढ वर्षपछि अदालतको सम्पर्कमा आउनु भएका गच्छदारले विशेष अदालतका तीन न्यायाधीशको इजलासमक्ष बयान दिँदै माधव नेपालविरुद्ध किटान बयान दिनुभएको हो ।
‘तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयबाट भएका निर्णयहरुका सम्बन्धमा मिति २०६५/६६ सालमा तयार भएको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्री (माधव नेपाल) को निर्देशनअनुसार मन्त्रिपरिषदमा प्रस्ताव पठाउँदा गरेको हस्ताक्षर मेरो हो । विशिष्ट व्यक्तिहरुको निवास विस्तार गर्ने सम्बन्धमा तयार भएको गुरुयोजना लागू गर्नको लागि मेरो मन्त्रालयको सचिव (दीप बस्न्यात) ले तयार गरी मसमक्ष पेस गरेको प्रस्ताव मन्त्रिपरिषदमा लैजानको लागि मैले स्वीकृति दिएको हुँ,’ गच्छदारले बयानको क्रममा भन्नुभएको छ । गच्छदार उपप्रधान तथा भौतिक योजना मन्त्री छँदा प्रधानमन्त्री माधव नेपाल हुनुहुन्थ्यो ।
तथ्य प्रमाणले मुख्य जिम्मेवार देखाए पनि नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छैन । जबकि, गच्छदारले अख्तियारको अनुसन्धानको क्रममा पनि यस्तै बयान दिनुभएको थियो । अख्तियारले नेपालबिरुद्ध मुद्धा नचलाएपछि मुख्य ब्यक्ति जोगाएको भन्दै मुद्धा चलाउनकालागि सर्वाेच्च अदालतमा रिट परेको छ ।
तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयबाट भएका निर्णयहरुका सम्बन्धमा मिति २०६५/६६ सालमा तयार भएको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्री (माधव नेपाल) को निर्देशनअनुसार मन्त्रिपरिषदमा प्रस्ताव पठाउँदा गरेको हस्ताक्षर मेरो हो । विशिष्ट व्यक्तिहरुको निवास विस्तार गर्ने सम्बन्धमा तयार भएको गुरुयोजना लागू गर्नको लागि मेरो मन्त्रालयको सचिव (दीप बस्न्यात) ले तयार गरी मसमक्ष पेस गरेको प्रस्ताव मन्त्रिपरिषदमा लैजानको लागि मैले स्वीकृति दिएको हुँ
सर्वाेच्चले नेपाल नेतृत्वको सरकारले गरेको सवै निर्णयको फाइल झिकाउने आदेश गरिसकेको छ । गच्छदारले अख्तियारले मुद्धा दायर गरेलगत्तै बालुवाटारको एउटा छलफलमा माधवकै सामू सवै काम गर्ने माधवजी, फसाउने मलाई भन्दै आक्रोश पोख्नुभएको थियो ।


Comments
Post a Comment