गुगलमा ‘फ’टाहा’ सर्च गर्दा किन आउँछ प्रधानमन्त्री देउवाको नाम..? कारण यस्तो..? भीडीयो सहित ।










 काठमाडौं । प्रविधिको दिग्गज कम्पनी गुगल सर्च इन्जिनमा तपाईंले यति बेला नेपालको फटाहा अर्थात (Fataha of Nepal) भनेर सर्च गर्नु भयो भने प्रधानमन्त्री शेरबहादुर देउवाको नाम अगाडि आउँछ । देउवा अघिल्लो साता मात्रै सर्वोच्च अदालतको आदेशमा नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । देउवा प्रधानमन्त्रीमा नियुक्त भएको दुई दिन पश्चातबाटै गुगलमा ‘फटाहा इन नेपाल’ अथवा ‘फ’टाहा अफ नेपाल’ भनेर सर्च गर्दा उनको नाम र फोटो देखाउन थालेको हो । यसको कारण के हो त ? के गुगलमा देखिएको यस्तो घ’टना यो नै पहिलो घ’टना हो ?पक्कै पनि होइन । किन भने यसअघि पनि गुगल एल्गोरिदमको त्रुटीको कारण यस्ता थप्रै घ’टना भएका छन् ।


भीडीयो हेर्नुस।




सन् २०१८ मा ‘इडिएट’ भनेर गुगलमा सर्च गर्दा अमेरिकाका तत्कालिन राष्ट्रपती डोनल्ड ट्रम्पको तस्वीर देखाउने गरेको थियो ।जसले गर्दा गुगलले अमेरिकी कंग्रेसको न्यायपालिका समितिमै त्यसको जवाफ दिनुपरेको थियो । त्यस्तै सन् २०१९ मा इमरान खान पाकिस्तनको नयाँ राष्ट्रपतिमा नियुक्त भएसँगै उनीमाथि पनि त्यस्तै घ’टना भएको थियो ।त्यतिबेला गुगलमा ‘भिखारी’ भनेर सर्च गर्दा पाकिस्तानी राष्ट्रपती खानको फोटो देखाउने गरेको थियो । सन् २०२० मा अफगानी क्रिकेटर रासिद खान र भारतीय नायिक अनुष्का शर्मालाई जोडेर गुगलमा त्यस्तै घ’टना 


त्यतिबेला गुगलमा ‘रासिद खान वाइफ’ अथवा ‘वाईफ अफ रासिद खान’ भनेर सर्च गर्दा अनुष्काको तस्वीर देखाउने समस्या थियो । त्यसैले यस्ता घ’टना अनेकौं छन् ।यस्ता विषयमा सम्बन्धित निकायले उ’जुरी दिएपछि गुगलले तत्कालै यसलाई सच्याउने गरेको पनि गरेको छ । तर, यसरी कुनै शब्दसँग जोडेर व्यक्तिलाई देखाउनुको पछाडिको कारण के हो त ?गुगलले सर्च इन्जिनमा आउने रिजल्टलाई धेरै कुराले निर्धारण गर्छ,’ यसअघि डोनल्ड ट्रम्पको घ’टनामा गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले अमेरिकी कंग्रेसमा भनेका थिए, ‘यो सबै एल्गोरिदमको काम हो ।


हामी विभिन्न कि वर्ड लिन्छौं र त्यसलाई विभिन्न पेजसँग दाँजेर दुई सय भन्दा बढी सिंग्नल जस्तै लोकप्रियता, सान्दर्भिकता र समयसापेक्षता लगायतका विषयको आधारमा र्‍याङ्किङ गर्छौं ।’त्यसैका आधारमा गुगलले उत्कृष्ट परिणाम प्रस्तुत गर्ने गरेको उनको स्पष्टीकरण थियो । कुनै एक व्यक्तिले चाहेर गुगल सर्चको रिजल्ट फरक पर्ने होइन ।कुनै समूहले चाहेर मात्र पनि हुने होइन । किन भने यसमा धेरै चरणहरू पार गर्नुपर्ने हुन्छ । यो प्रयोगकर्ताले के गरिरहेका छन् भन्ने विषयले निर्धारण हुने कुरा पनि पिचाईले बताएका थिए ।स्रोत;टेचपाना बाट साभार



Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला