माधव समूहद्वारा अन्तिम निर्णय , अन्तत: फुट्यो एमाले

 नेकपा एमालेका दुवै समूहले बुधबार पनि छुट्टाछुट्टै छलफलको आयोजना गरेका छन्।






संस्थापन समूहको केन्द्रीय कमिटी बैठक दिउँसो ३ बजे बस्दैछ।


यसअघि सोमबार र मंगलबार पनि एमाले केन्द्रीय कमिटी बैठक बसेको थियो।


सोमबारको बैठकले पार्टी निर्णय विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासकाे मत दिने


एमालेका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण साेध्ने निर्णय गरेकाे थियाे।


तर अहिलेसम्म देउवालाई मत दिने सांसदहरुले स्पष्टीकरण पत्र नपाएकाे बताएका छन्।


मंगलबारकाे बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सप्ष्टीकरण पत्र काट्ने काम भैरहेकाे र २४ घण्टापछि त्यसबारे थप थाहा हुने बताएका थिए।


मंगलबारकाे बैठकमा प्रदेशगत रिपाेर्टिङ भएकाेमा आजकाे बैठकमा पनि त्यसले निरन्तरता पाउने उनले बताएका थिए।


यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठक आज मध्यान्न १२ बजेपछि बस्दै छ।


यो बैठकमा वरिष्ठ नेता नेपालले विघटित पार्टी एकता कार्यदलका सदस्यहरुसहित आफ्ना गुटका सबै नेताहरुलाई बोलाएका छन्।


शेरबहादुर देउवालाई विश्वासको मत दिने/नदिने आफ्नाे समूहका सबै नेताहरुलाई नेता नेपालले बैठकमा डाकेका छन्।


स्रोतका अनुसार सम्भवतः यो बैठक पार्टी फुटाएर अघि बढ्ने कि एमालेमै रहेर संघर्ष जारी राख्ने भन्नेमा निर्णायक हुने छ।


नेपालले मंगलबार देउवालाई विश्वासको मत दिने सांसदहरुसँग मात्रै लामो छलफल गरेका थिए।


उक्त बैठकमा केही दिनिभत्रै आफ्नाे समूहमा बहुमत जुट्न सक्ने सम्भावना रहेकाेले ओलीलाई अध्यक्षबाट हटाउने रणनीतिका साथ अघि बढ्नेसम्मकाे छलफल भएकाे थियाे।



बैठकमा नेता मेटमणि चाैधरीले ओली समूह त्यागेर धेरै सांसदहरु आफ्नाे समूहमा आउने तयारीमा रहेकाे दाबी गरेका थिए।


बैठकपछि सांसद रामकुमारी झाँक्रीले भनेकी थिइन्, ‘पार्टी एकताका लागि अब अध्यक्ष ओलीले पद त्यागेर मार्गप्रशस्त गर्नुपर्छ।’

Comments

Popular posts from this blog

सयौ ठूला नेता कार्यकर्ता काँग्रेस र माओवादी छोडेर एमाले प्रवेश (नाम सहित हेर्नुहोस)

नेपाली भुमिमा भारतले बनाइसक्यो सडक, ओली सरकार किन चुप ? (भिडियोसहित)

मागेको कुरा २ घण्टा भित्र पुरा हुने बिश्वको अनौठो मन्दिरको महिमा पुरा पढी शेयर गरौ !