सयौ ठूला नेता कार्यकर्ता काँग्रेस र माओवादी छोडेर एमाले प्रवेश (नाम सहित हेर्नुहोस)

 काठमाडौं, साउन ९ । काठमाडौ महानगरपालिका–४ विभिन्न पार्टी परित्याग गरी ३० जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । नाम सहित हेर्न यहाँ तल क्लिक गर्नुहोस।👇







नाम सहित हेर्न यहाँ माथि क्लिक गर्नुहोस ☝️ 






 काठमाडौँ क्षेत्र नं ५ को धूम्रबाराहीमा शुक्रवार भएको पार्टी प्रवेश कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन । पार्टी प्रवेश गर्नेमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपालगायत पार्टीका हस्तीहरु रहेका छन् । पार्टी प्रवेश गर्नेहरुलाई नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल स्वागत गर्नुभएको थियो।



कार्यक्रमा बोल्दै महासचिव पोखरेले पार्टीभित्रै रहेर आफ्नै प्रधानमन्त्री र महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई हटाउन खोज्नु गलत कार्य हुने बताउनुभएको छ ।


काठमाडौँ क्षेत्र नं ५ को धूम्रबाराहीमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले भन्नुभयो, “पार्टीभित्र अन्तरसङ्घर्ष हुने कुरा सामान्य कुरा भए पनि पार्टी महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा जननिर्वाचित प्रधानमन्त्री ढाल्ने षड्यन्त्र गर्नु गलत हो । गलत कुराको पछाडि लाग्ने मान्छे एमाले हुन सक्दैन, एमालेभित्रै रहेर आफ्नो सरकार ढाल्न खोज्नु अपराध हो ।”


उहाँले पार्टीभित्रको खराब आचारण भएका तत्वहरुलाई परास्त गर्दै पार्टीलाई एकढिक्का बनाउन नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभयो । बागमती प्रदेशसभा सदस्य नारायण सिलवालले पार्टी र स्वतन्त्र रुपमा बस्नु बेग्लै रहेको बताउँदै अनुशासनलाई प्राथमिकता दिएर पार्टी काममा लाग्न आग्रह गर्नुभयो । कामनपा–४ का अध्यक्ष मोहनबहादुर विष्टले एमाले प्रवेश गर्ने युवाहरुलाई विकास निर्माण र समाज परिवर्तनमा लाग्न आग्रह गर्नुभयो ।

Comments

Popular posts from this blog

नेपाली भुमिमा भारतले बनाइसक्यो सडक, ओली सरकार किन चुप ? (भिडियोसहित)

मागेको कुरा २ घण्टा भित्र पुरा हुने बिश्वको अनौठो मन्दिरको महिमा पुरा पढी शेयर गरौ !