के पी शर्मा ओलीलाई ठुलो झट्का महेश बस्नेत पनि माधब पक्षमा







 

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका लागि जस्तो सुकै कदम चाल्न पछि नपर्ने तनहुँवाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले उनको साथ छोडपछि अहिले एमालेभित्र आश्चर्यको वातावरण श्रृजना भएको छ । 

असार ३ गते विश्वासको मत लिने क्रममा रहेका नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई मत दिएर किसानले सवैलाई आश्चर्यमा पारिदिए । श्रेष्ठलाई ओली समुहका ‘अपहरण विभाग उपप्रमुख’ भनेर पनि चिनिन्छ। कोरोना कहर र लकडाउनका बीच प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा समाजबादी पार्टीका सांसदलाई मधेशबाट काठमाण्डौं झिकाउने काममा खटिएका मध्ये श्रेष्ठ पनि एक हुन । महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसान र पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल सो काममा खटिएका थिए ।

अहिले तिनै तीन सदस्य मध्यका उपनेता किशानले कित्ता परिबर्तन गरेका छन । प्रधानमन्त्री शेरबहादुर देउबालाई विश्वासको मत नदिने एमालेको निर्णय बिपरीत ओली–बस्नेतका निकटका तिनै किसान विपक्षमा उभिए । 

यो क्रम अझै रोकिएको छैन । ओलीका मानस पुत्रका रुपमा चिनिएका महेश वस्नेत लगायतका नेताहरुले पनि एमालेमा विद्रोह गर्ने तयारी थालेका छन् । महेश वस्नेत ओलीको साथ छोडेर वरिष्ठ नेता माधवकुमार नेपाल समुहमा प्रवेश गर्न लागेको चर्चा छ ।

किसानले कित्ता परिवर्तन गरेसँगै महेशले विद्रोह गर्ने चर्चा सुरु भएको हो । किसान महेसका धेरै नजिकका मित्र हुन्। उनले महेशसँग सल्लाह गरेर नै नेता नेपालको साथ र देउवालाई मत दिएको श्रोतको दावी छ । महेशलाई ओली पक्षमा बसेर काम गर्ने उचित बाताबरण नभएको किसानले बताएका छन्। उनी पनि माधब पक्षमा आउने दाबी किसानको छ।

ओली समुहमा पिल्सिएर, अन्याय सहेर र असन्तुष्ट भएर वसेका धेरै नेताहरु रहेको वताएका किसानले उनीहरुले विद्रोह गर्ने र माधव समुहमा लाग्ने दावी गरेका छन् । ओलीकै कारण अहिले एमाले विखण्डन र विग्रहको अवस्थामा पुगेको दावी गरेका नेताहरु ओलीको चरित्र वा ओलीको विकल्प नखोजेसम्म समस्याको समाधान नहुने वताउँछन्।

नेकपा माओवादी केन्द्रसँग गठवन्धन गरी चुनाव लडेर झण्डै दुई तिहाईको सरकार वनाएका तत्कालिन नेकपाका अध्यक्ष ओली साढे तीन वर्षपछि नै वार्दलिमा सिमित हुनु संयोग मात्रै नभएको र यसका अरु कसैको दोस पनि नभएको कित्ता  परिवर्तन गरेका नेताहरुको वुझाई छ।

उनीहरु भन्छन्– नेकपामा ओलीले सुरुवाती चरण देखिनै आफनो प्रभुत्व जनमाउन खोजे । अरुलाई गन्दै नगन्ने, हेपेर राख्ने र एउटालाई काखी च्यापेर अर्कोलाई सिद्याउने कर्म उनले एकताको बिन्दुदेखि नै सुरु गरेका थिए । अन्ततः नेकपाको विभाजनसँगै ओलीको यो स्वेच्छाचारी प्रवृत्तिको पटाक्षेप भयो ।

तर, उनी यतीमा मात्रै सिमित रहेनन। नेकपामा विभाजन भएपछि उनीसँग सग्लो एमाले थियो। तर, उनको प्रवृत्तिकै कारण वरिष्ठ नेताहरु उनीसँग असन्तुष्ट भए । ओलीले त्यो असन्तुष्टिलाई सम्वोधन गर्नुको सट्टा असन्तुष्टीहरुलाई सिद्याउने रणनीति वनाए । त्यसको परिणाम ओलीसँग उनी बोल्दा थपडी बजाउनेहरुको जमात मात्र रहन पुग्यो । त्यत्रो नेकपा भत्किसक्दा, आफू नेतृत्वको उच्च बहुमतको सरकार ढलिसक्दा, आफ्नै गुटका नेताले समेत फ्लोर क्रस गर्दा पनि ओलीको यात्रा रोकिएको छैन।

अव पनि ओली नसुध्रिए उनी एक्लै रहने र वालकोटमा स्याल कराउने नेताहरुको दावी छ।

यो पनि

Comments

Popular posts from this blog

सयौ ठूला नेता कार्यकर्ता काँग्रेस र माओवादी छोडेर एमाले प्रवेश (नाम सहित हेर्नुहोस)

नेपाली भुमिमा भारतले बनाइसक्यो सडक, ओली सरकार किन चुप ? (भिडियोसहित)

मागेको कुरा २ घण्टा भित्र पुरा हुने बिश्वको अनौठो मन्दिरको महिमा पुरा पढी शेयर गरौ !