एमाले र एमाओवादीको जिल्ला सहापती सहित सयौं नेता कांग्रेस मा प्रवेश।

एमाले र एमाओवादीको जिल्ला सहापती सहित सयौं नेता कांग्रेस मा प्रबेश गरेको छन्।





 






नेकपा एमालेको पार्टी एकता वरिष्ठ नेता माधव कुमार नेपालले नचाहेको भन्नेलाई नेता नेपालले कडा जवाफ दिएका छन् । नेकपा एमालेको माधव नेपाल पक्षले आपसी भनाभन बन्द गरेर पार्टी एकतामा जोड दिने निर्णय गरेको हो ।

नेपाल पक्षको सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकतामा जोड दिने निर्णय गरेको हो ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालले अध्यक्षका रुपमा काम गर्नेगरी आगामी महाधिवेशनसम्म जाने प्रस्तावलाई एकताको आधार बनाउन सकिने बैठकमा छलफल भएको एक नेताले जानकारी दिए ।

एमालेभित्रको विवाद समाधानका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव ओली समूहका नेताहरुले अगाडि सारेका छन् । यो प्रस्तावमा माधव नेपाल पक्षका केही नेताहरु सहमत देखिएपनि नेता नेपालले स्वीकार गरिसकेको अवस्था छैन ।

वरिष्ठ नेता नेपालले १० बुँदे सहमति अमूर्त भएको भन्दै ठोस सहमतिको प्रस्ताव ल्याउन भनेका छन् । दोस्रो तहका नेताहरुले त्यस्तो प्रस्तावको ड्राफ्ट समेत तयार पारिसकेको र अबको केही दिनमै दुई अध्यक्षतात्मक प्रणाली रहने गरी सहमति जुट्ने नेताहरुको दावी छ।

माधव नेपाल पक्षको निर्णयले देशभरका नेताकार्यकर्तामा समेत नयाँ आशा पलाएको छ ।

यसैबीच, नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओलीसरहको जिम्मेवारी दिने सम्भावना शून्य रहेको दाबी गरेका छन् ।

उनले भने, ‘कुनैपनि हालतमा माधव कमरेडलाई बराबरी हैसियतको अध्यक्ष दिइँदैन । यो सम्भावना शून्य छ । बरु आकाश खस्ला तर पार्टीमा बराबरको दुई अध्यक्ष हुन सक्दैन । हाम्रो पार्टीको विधानले पनि त्यो मिल्दैन ।’

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महासेठले यस्तो बताएका हुन् । उनले अहिले माधव नेपाललाई अध्यक्ष दिनेगरि पावर सेयरिङमा छलफल भैरहेको भनेर बाहिर चर्चा भएपनि त्यस्तो कुनै सम्भावना नभएको जिकिर गरेका छन् । उनले भने,‘बाहिर चर्चा भएजस्तो अहिले एमालेमा पावर सेयरिङबारे पनि कुनै छलफल भएको छैन् ।

अर्को अध्यक्ष वा सह–अध्यक्ष दिनको लागि पनि हाम्रो पार्टीको विधान अधिवेशन हुनुपर्छ । माधव नेपाललाई केपी ओलीसरहको अध्यक्ष दिन सकिँदैन् । यो असम्भव कुरा हो ।’

उनले माधव नेपाललाई आम कार्यकर्तालेजस्तो मिडिया फेश गर्नुभन्दापनि लो–प्रोफाईलमा बस्न सुझाव दिए । उनले भने,‘एमालेमा मैले सबैभन्दा बढि सम्मान र माया गर्नै नेतामा माधव कमरेड नै हो । अहिलेपनि गर्छु ।

एकताको लागि गम्भीर बन्नुहोस् । एकताको विकल्प छैन् ।’

नेता महासेठले एमालेको एकताको विकल्प नभएको भन्दै ढिलचाँडो एकता भइछाड्ने पनि दाबी गरे ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला