कांग्रेसमा थपिए थप ४ लाख ४३ हजार नयाँ क्रियाशिल सदस्य , जम्मा संख्या ८ लाख ५२ हजार







नेपाली कांग्रेसका क्रियाशील सदस्यको संख्या साढे आठ लाख पुगेको छ । तीमध्ये साढे चार लाख नयाँ सदस्य हुन् । क्रियाशील सदस्यता छानविन समितिले १४ औं महाधिवेशनको प्रयोजनका लागि कुल ८ लाख ५२ हजार ७११ सदस्यहरूलाई क्रियाशील सदस्यता प्रदान गरेको छ ।पदाधिकारी बैठकमा पेस भएको विवरण अनुसार ४ लाख ४३ हजार ६७८ जना नयाँ सदस्य थपिएका छन् भने ४ लाख ९ हजारको नवीकरण भएको छ ।


सबैभन्दा धेरै क्रियाशील सदस्य वागमती प्रदेशमा १ लाख ८६ हजारको नाम अनुमोदन भएको छ भने सबैभन्दा कम कर्णालीमा ५४ हजार ५६६ जना छन । रमेश लेखक नेतृत्वको क्रियाशील सदस्य छानविन समितिले तयार पारेको प्रतिवेदन पदाधिकारी बैठकमा छलफलपछि केन्द्रीय कार्य समितिमा पेस हुनेछ ।

समितिले धनुषा क्षेत्र नम्बर ४,सर्लाही २ र बारा तथा सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवाद भने टुंगो लगाउन नसकेको कारण यी जिल्ला बाहेकको प्रतिवेदन बुझाएको हो ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला