देउवाले गगन थापालाई गरे यस्तो बाचा, एकाविहानै खुसी हुँदै गरे सार्वजनिक

 




काठमाडौं । अब बालुवाटार स्थित प्रधानमन्त्री निवासमा पार्टीका बैठक नहुने भएका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका शेरवहादुर देउवाले पार्टीका बैठक बालुवाटारमा नगर्ने बाचा गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य गगन थापाले पार्टीको कुनै बैठक बालुवाटारमा नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका थिए । उनले सामाजिक सञ्जाल मार्फत देउवालाई यस अघि हुँदै आएका यस्ता काम नगर्न आग्रह गरेका हुन् ।



जवाफमा प्रधानमन्त्री देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना कार्यक्रम भइरहेकाले बैठक बालुवाटार राखेको जवाफ दिएको थापाले बताएका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै थापाले अबबाट त्यस्तो नहुने पनि प्रधानमन्त्रीले बचन दिएको जानकारी दिए ।


‘उनले पार्टी कार्यालयमा धर्ना भएको कारणले पहिलो बैठक बालुवाटारमा गर्नुपरेको थापालाई बताएका छन् । आगामी दिनमा बैठक पार्टी कार्यालयमै गर्ने बचन देउवाले आफुलाई दिएको गगनले जानकारी गराएका छन् । पार्टी कार्यालयमा धर्ना भएकाले यो पटक बालुवाटारमा भएको हो,तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न भन्ने विश्वास दिलाउनु भएको छ’, थापाले भने ।


बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास भएकाले त्यहाँ कुनै पार्टीको कार्यक्रम गरेको भन्दै नागरिक समाजलगायतले अवाज उठाउँदै आएका छन् । गगन आफै पनि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै आएका थिए । तर कांग्रेसकै बैठक बालुवाटारमा भएपछि त्यसको विरोध हुँदै आएको थियो । देउवाले केही दिनअघि संसदीय दलको बैठक बालुवाटारमा नै राखेका थिए ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला