प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक, महत्वपूर्ण निर्णय गर्ने तयारी

 



काठमाडौंं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । मन्त्रिपरिषद बैठक बस्नुपर्ने भएकोले आजको लागि बोलाईएको पार्टी पदाधिकारी बैठक समेत स्थगित् गरिएको छ । आजको बैठकमा महत्वपूर्ण निर्णय लिईने चर्चा छ ।

हिजोमात्रै प्रधानमन्त्री देउवाले नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाललाई उनकै निवासमा पुगेर भेटेका थिए । उक्त भेटमा देउवाले आफ्नो सरकारमा सहभागी हुनको लागि नेपाल पक्षलाई आग्रह गरेका थिए । यसमा नेता नेपालले अहिले सरकारमा सहभागी नहुने जवाफ दिएको स्रोतको दाबी छ ।

तर, विश्वासको मत भने दिने उनको वचनबद्धता थियो । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले नेता नेपाललाई एमालेभित्र अप्ठ्यारो भए त्यसका गाँठो फुकाउनसमेत आफू तयार रहेको विश्वास दिलाएका थिए ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला