माओवादी केन्द्रले बोलायो आइतबार संसदीय दलको बैठक

 


काठमाडौँ — नेकपा (माओवादी केन्द्र)ले आइतबार संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान ११ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिए ।

बैठकमा अनिवार्य उपस्थित हुन प्रमुख सचेतक गुरुङले भनेका छन् । पुन:स्थापित प्रतिनिधिसभा बैठक आइतबार अपराह्न ४ बजे नयाँ बानेश्वरमा बस्दै छ ।

मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साउन ३ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन् ।

मन्त्रिपरिषद्को सिफारिसमा जेठ ८ गते राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति तोकेकी थिइन् । तर प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा असार २८ गते सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा बूँतिएको छ । राष्ट्रिय सभाको अधिवेशन पनि असार २८ गते अन्त्य गरिएको थियो 

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला