देउवालाई भोट दिने काम इतिहासकै कलंक भएको ठहर – एमाले उपाध्यक्ष भीम रावल
उहाँले केहीबरे अघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि संसद सदस्यबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । संसद भवन नयाँ बानेश्वरमा पुगेर रावलले सभामुख सापकोटासमक्ष राजीनामा पत्र बुझाउनु भएको छ ।
राजीनामा नदिन एमालेकै नेता सुरेन्द्र पाण्डेले रोक्ने प्रयास गर्नुभए पनि रावलले माधव नेपालबिरुद्ध बिद्रोहको घोषणासहित राजीनामा बुझाउनु भएको हो ।
भीम रावलले संसद परिसरमै पढेर सुनाए राजीनामा पत्र
नेकपा एमालेका सांसद भीम रावलले संसद परिसरमै आएर राजीनामा पढेर सुनाएका छन्।
संसद सचिवालयमा राजीनामा बुझाएर संसद भवन आइपुगेका रावलले परिसरमै आफ्नो राजीनामा पढेर सुनाएका हुन्।
उनले राजीनामा पत्र पढेर सुनाउँदै गर्दा माधव नेपाल पक्षीय नेता सुरेन्द्र पाण्डेले उनलाई राजीनामा छाडेर संसद बैठकमा जान आग्रह गरेका थिए।
यद्यपि रावलले केही कडा स्वरमा आफूले राजीनामा फिर्ता नलिने उल्लेख गर्दै राजीनामा पत्र पढेर सुनाएका थिए।
प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन्।
Comments
Post a Comment