अन्ततः नारायणकाजीले पनि त्यागे माओवादी केन्द्र, प्रचण्डको हालत के होला ?

असार २२, काठमाण्डौ



नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले माओवादी केन्द्र त्यागेको संकेत गरेका छन् । राष्ट्रियसभा सदस्यसमेत रहेका नेता श्रेष्ठले राष्ट्रियसभा बैठकमा माओवादी केन्द्र त्यागेको प्रमाण दिएका हुन् ।




नेकपा हुँदा नेकपा एमालेका मतदाताको भोटबाट राष्ट्रियसभा निर्वाचित भएका श्रेष्ठले आजको बैठकमा माओवादी केन्द्रका सांसदका लागि तय गरिएको रोहमा नबसी कांग्रेसतिर लागेका छन् ।


बैठकमा श्रेष्ठले आफ्नो दलका नेता दिनानाथ शर्मा भन्दा पछाडि बस्नु परेपछि माओवादीको रोह नै त्यागेर कांग्रेसका लागि तय गरिएको पहिलो रोहमा बसेका छन् ।


राष्ट्रियसभा सचिवालयले यस बिषयमा कुरा गर्दा कांग्रेसका नेताहरुले श्रेष्ठले कांग्रेसको रोहमा बस्ने चाहना गरेको र पहिलो रोह आफ्ना इज्जतका लागि राखिदिन भनेपछि आफूहरुले बस्दा आपत्ति नजनाएको जवाफ दिएका छन् ।


संसदमा सम्बन्धित दलका सांसदका लागि तय गरिए भन्दा अर्को दलको रोहमा गएर बस्ने श्रेष्ठ पहिलो नेता छन् ।


पहिलो रोहमा बस्न नपाएकै कारण श्रेष्ठले माओवादी रोह नै परित्याग गरी कांग्रेसतिर गएका हुन् ।


यस बिषयमा माओवादी दलका नेता शर्माले श्रेष्ठलाई प्रश्न गरे पनि आफू जता मन लाग्यो त्यतै बस्ने जवाफ फर्काएका स्रोतको भनाई छ ।


पत्रकारमाथि आक्रमण र क्यामेरा ताेडफाेड गरेकाे घटनाप्रति ध्यानाकर्षण

नेपाल पत्रकार महासङ्घ र शिक्षा पत्रकार सञ्जाल (इजाेन) ले पत्रकारमाथि भएकाे आक्रमणकाे घटनाप्रति गम्भीर ध्यानकर्षण भएकाे जनाएकाे छ ।


मनाेमानी शुल्क असुलेकाे समाचार सङ्कलनका क्रममा प्राइम टेलिभिजन र एभिन्युज टेलिभिजनका पत्रकारमाथि पिङ्गलास्थानमा रहेकाे प्यारागन पब्लिक स्कुलकाे व्यवस्थापनले नियाेजित रूपमा आक्रमण र क्यामेरा ताेडफाेड गरेकाे घटनाप्रति पत्रकार महासङ्घ र इजाेनले ध्यानाकर्षण भएकाे जनाएकाे हाे ।


प्राइम टीभीका पत्रकार दीपक अर्याल र सुन्दरबहादुर गुरुङ तथा एभिन्युज टीभीका पत्रकार सराेज पाैडेल, सुरेश रजक र शीतल रिजालमाथि भएकाे आक्रमणकाे निन्दा गर्दै ताेडफाेड भएका सामग्रीकाे क्षतिपूर्तिका लागि सम्बन्धित विद्यालयसँग माग गरिएकाे छ ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला