प्रधानमन्त्री केपि ओलीले नै पुन राजसंस्था फर्काउने पक्का ! राजसंस्था हुनुपर्छ भन्ने जतिले सेयर गरौं !





 बदलिँदो अवस्थामा उत्पन्न राजनीतिक घटना र विकासक्रमले राप्रपालाई उत्साहित बनाएकाले उनीहरू पर्ख र हेरको रणनीतिमा लागेका हुन् भनिन्छ । उनीहरूको विश्लेषणमा ‘राष्ट्रिय- अन्तर्राष्ट्रिय परिस्थितिले नेपालको राजनीति कता जान्छ भन्ने टुंगो छैन।

त्यस्तै भयो भने मुलुकको राजनीतिक सिष्टम नै कोल्याप्स हुनसक्छ । त्यसैले महाधिवेशन मंसिरमा गर्नु उपयुक्त हुन्छ’ भनिएको छ । कसरी सिष्टम कोल्याप्स होला र ?भन्ने जनआस्थाको जिज्ञासामा राप्रपा स्रोतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिल्ली र हरिद्वारमा गरिएको भव्य स्वागतलाई सितिमिति ठान्न नहुने भनेको छ ।

उसको दाबी छ, ‘त्यत्रो भव्य स्वागत गरेकाले भारतले केही न केही निर्णय गर्छ । त्यो क्षणलाई आफूहरूले राजनीतिक रुपमा क्यास गर्ने तयारी गरिएको छ । कतै केपी ओलीले क्यास गर्लान् कि भन्ने डरचाँहि ठूलो छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले कसरी क्यास गर्नुहोला र भन्ने जिज्ञासामा राप्रपाका एकजना नेता भन्छन् ‘राजा पुनर्स्थापित गरिदिए आफूहरू जिल्लिने डर कमल थापाहरूलाई परेको छ । भारतको आतिथ्यलाई हेरेर राप्रपा र राजावादीहरूले दक्षिणको मित्रले नेपालमा सांस्कृतिक राजाको व्यवस्था गराउने बुझेका छन् ।

उनीहरूको बुझाईमा त्यस्तो बेलामा पनि कार्यकारीचाँहि राष्ट्रपति नै हुनेछन् । राजा सांस्कृतिक रुपमा मात्र रहने भन्ने हो । व्यवहारमा गणतन्त्र र राजतन्त्र दुवै रहने सहमति पहिले गिरिजाको पालामा नै गरिएको भनेर ती नेताले पूर्वमन्त्री तथा नेता निरञ्जन थापालाई उद्धृत गर्दै बताएका छन् । त्यो बेलामा राजाले नमानेको कारण कुरो बिग्रिएको उनीहरूको दाबी छ ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला