एकीकृत नाम राखेर शक्तिशाली पार्टी एकता गर्दै प्रचण्ड र माधव नेपाल

 

काठमाडौं, ११ जेठ । मंसिरमा चुनाव होस् या नहोस् प्रचण्ड र माधव नेपाल मिलेर नयाँ कम्युनिस्ट शक्ति निर्माणको पूर्वतयारी भइसकेको छ ।


 


 


 


उनीहरुले वैशाखमै यो योजनालाई तयारी अवस्थामा राखेका थिए । सबै कुरा नेकपा विभाजन हुँदा नै मिलेको थियो । विकसित घटनाक्रमसँगै पूर्वयोजनाको दृश्य देखिन मात्र बाँकी हो ।


 


 


 


प्रचण्डले विघटन गरेको भनिसकेको माओवादी केन्द्र ब्युँतिएको छ । यसमा उनलाई चित्त बुझेकै छैन । अदालतप्रति बेला बेलामा असन्तुष्टि जनाउने गरेका छन् । माधव नेपाललाई पनि एमाले ब्युँतिएको चित्त बुझेको छैन । उनले पनि यसप्रति असन्तुष्टि पोख्दै आएका छन् ।


 


 


 


 


नेकपा छँदा ओलीसँग मिलेर संघर्ष गरेका प्रचण्ड र नेपालले मिलेर ओलीलाई पार्टीबाट निष्काशन गरेको निर्णय सम्म गरेका थिए । तर, २३ फागुनमा एमाले र माओवादी केन्द्र ब्युँताउने अदालतको आदेशले नयाँ घटना विकास गरेको थियो । नेपाल एमालेमै बसेर संघर्ष गर्ने निष्कर्षमा पुगे । एमालेमा त पुगे तर उनको निरन्तर शक्ति क्षय भयो ।


 


 


 


 



ओलीको पेलाईमा परेर नेपालले गर या मरको अवस्थामा पुगेको सम्म भने । त्यसपछि उनीनिकट सांसदहरुको विद्रोह सुरु भयो । ओलीलाई तल्लो तहदेखि माथिल्लो तहसम्म धक्का दिन थाले । ओली सरकार ढाल्न नेपाल अघि सरे । २६ सांसद लिएर अघि सरेका उनको साथमा अन्तिममा २३ मात्र बाँकी रहे ।


 


 


 


 


 


नेपालमाथि ओलीले कारबाहीको डन्डा चलाए । १० जेठमा स्थायी कमिटी बैठक डाकेर माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जना नेतालाई पार्टीबाट निष्काशनको निर्णय भयो । १२ जनामाथि कारबाहीको प्रक्रिया बढाइएको छ ।


 


 


 


११ जेठमा माधव नेपालले कम्युनिस्ट पार्टी पुर्नजागरणको अपिल गरे । उनले गोलबन्द हुन समेत भने । नेपालले वृहत कम्युनिस्ट पार्टी गठनको संकेत गरेका छन् । त्यसको अग्रिम तयारी भइसकेको छ ।

एकीकृत कम्युनिस्ट पार्टी निर्माण गरी ऋषि कट्टेल अध्यक्ष रहेर दर्ता रहेको नेपाल कम्युनिस्ट पार्टी नै राख्ने पहल पनि भएको छ ।


 


 


 


 


कट्टेल मान्ने सम्भावना कम भएकाले विकल्प समेत तयार छ । कलम चिन्ह मागेर नेकपा एकीकृत दर्ताका लागि निवेदन दिइएको छ । निर्वाचन आयोगमा निवेदन दिइएको दल दर्ता प्रक्रियामा छ । दर्तामा अगाडि बढ्नेहरु नेपाल निकट हुन् ।


 


 


 


 


विश्वस्त स्रोतका अनुसार कलम चिन्ह र नेकपा एकीकृत नामको नयाँ दल गठन गरेर नेपाल अगाडि बढ्ने तयारी भएको छ । प्रचण्ड पनि सोही दलमा गोलबन्द हुने योजना बनेको छ । चुनाव भएपनि नभएपनि नेकपा एकीकृतमा प्रचण्ड र माधव नेपालको अध्यक्षतामा रहने गरी तयारी भएको छ ।


 


 


 


 


चुनावमा प्रचण्ड, माधव नेपालका अलावा नेकपा माले, राष्ट्रिय जनमोर्चालगायत कम्युनिस्ट पार्टीहरुबीच गठबन्धन बन्ने रणनीति समेत अहिले देखिनै बनाइएको विश्वस्त स्रोतले बताएको छ । उनीहरु जसरी हुन्छ ओलीलाई एक्लाउने रणनीतिका साथ बढेका छन् ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला