प्रधानमन्त्री देउवा अकस्मात किन पुगे माधव नेपालको घर ?

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन् । प्रधानमन्त्री देउवा अकस्मात किन पुगे माधव नेपालको घर ?
आज बुधवार प्रधानमन्त्री देउवा अकस्मात कोटेश्वरस्थित नेता नेपालको निवास पुगेका छन् । हालसम्म प्रधानमन्त्रीका लागि समर्थन गरेकोमा धन्यवाद दिन र विश्वासको मत माग्नका लागि प्रधानमन्त्री देउवा अकस्मत नेता नेपालको निवास पुगेका स्रोतले जनाएको छ । अन्य नेताले प्रधानमन्त्रीलाई भेट्न चलन भएपनि प्रधानमन्त्री नै नेताको घरमा पुगेका घटना बिरलै हुने गरेका छन् । देउवाले नेपाललाई भेट्न पुग्नुलाई महत्त्वका साथ हेरिएको छ । बुधबारै सरकारी निवास बालुवाटार छाड्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाललाई एमालेमा ठाउँ नभएको आक्रोश व्यक्त गरेका थिए । नेता नेपालकै कारण ओली पदमुक्त भएकाले ओली पक्षभित्र आक्रोश रहेको छ

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला