वामदेवले ओलीलाई भने, ‘म तपाईंकोमा आइसकेँ, अब फर्किन्न’ ‘माधव नेपाल र प्रचण्डलाई पनि ल्याउनै पर्छ

 

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू

पार्टीमा फर्किसकेको बताउँदै अब पार्टी एकताका

लागि पहल गर्नुपर्ने बताएका छन् । नेकपा एमालेको

केन्द्रीय कमिटीको बैठकमा धारणा राख्दै

उपाध्यक्ष गौतमले आफू आएपछि पार्टी एकताले

पूर्णता पाउने विश्वास व्यक्त गरेका हुन् । ‘म

तपाईंकोमा आइसकेँ, अब फर्किन्न,’ उनको भनाइ थियो

गौतमले बृहद कम्युनिस्ट एकताका लागि माधव नेपाल

र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि एकै ठाउँमा

ल्याउनुपर्ने बताएका छन् । गौतमले आफू सधैँ पार्टी

एकताको पक्षमा रहेको कुरा दोहोर्याउँदै भने, ‘पार्टी

एकता आजको मुख्य आवश्यकता हो । यसका लागि

दुवै पक्ष लचक हुनैपर्छ । कसले हामीलाई

छिन्नभिन्न पर्न खोज्दैछ भन्ने बुझ्न जरुरी छ ।’

गौतमले पार्टी एकताको जिम्मा आफूलाई दिन पनि

आग्रह गरे । ‘म यति दिन भन्दिनँ तर केही

दिनभित्र एकता गर्छु, तपाईं चिक्त बुझ्ने गरी नै

एकता गर्छु,’ उनले भने, ‘एमालेपछि अन्य

पार्टीसँग पनि एकता गर्छु । विश्वास गर्ने नगर्ने

तपाईंको कुरा हो ।’

उनले अध्यक्षको भूमिका संरक्षकको हुनुपर्ने

बताउँदै कसैले कसलाई सम्मान गरेन भन्दैमा त्यही

खालको व्यवहार देखाउन नहुने जिकिर गरे ।

‘अध्यक्ष भएपछि कसैको पक्ष विपक्षीमा

हुनुहुँदैन । मैले पटक पटक भन्दै आएको अहिले

पनि यही भन्छु,’ गौतमले भने ।

यसअघि, दुवै पक्षलाई आरोप–प्रत्यारोप फिर्ता लिन

आफूले आग्रह गरेको बताउँदै गौतमले पुस ५ गते

संसद् विघटन भएपछि आफू विघटनको पक्षमा

नलागेको स्पष्ट पारे ।

आफूले सधैँ एकता नै हुनुपर्छ भनेर गतिविधि

सञ्चालन गरेको पनि बैठकमा जानकारी दिएका थिए ।

‘जबज स्थापित गर्न ओलीजी, हामी मिलेर

सङ्घर्ष गरेका हौँ । अब यसको रक्षा गर्न

आवश्यक रहेको छ ।’

फरक प्रशंगमा बजेटबारे टिप्पणी गर्दै गौतमले

यसपटकको बजेट अत्यन्त राम्रो भएको पनि बताए ।

‘युवराज खतिवडाको ठाउँमा विष्णु पौडेलले बजेट

ल्याएको भए, आज नेकपा पनि फुट्दैन थियो, एमाले

पनि फुट्दैन थियो,’ उनले भने ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला