एमाले टुक्राउन माधव नेपाललाई उक्साउने प्रचण्डबाहेकका यी हुन् नेताहरु
- Get link
- X
- Other Apps
काठमाडौं । नेकपा एमाले टुक्राउन माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डको सक्रियता रहेको एमालेकै नेता लालबाबु पण्डितले आरोप लगाएका छन् ।
केही दिन अघि क्यानडानेपालसँगको कुराकानीमा नेता पण्डितले एमाले व्यहारिक रुपमा विभाजित भइसकेको र कानुनी हैसियत पाउन मात्रै बाँकी रहेको र यो अवस्थामा एमालेलाई ल्याइपुर्याउन प्रचण्डको भूमिका रहेको आरोप लगाए ।
पण्डितले भनेजस्तै एमाले संस्थापन ओली समूह र माधवकुमार नेपाल समूहमा विभाजित अवस्थामा छ । नेपाल समूहले पार्टी निर्णयविपरीत कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर बुझाउनेदेखि आफ्नै पार्टीका उम्मेदवारलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा हराउन खेलेको भूमिकाले एमाले व्यवहारिक रुपमा विभाजित भएको पुष्टि हुन्छ ।
डेढ दशकभन्दा बढी एमालेको नेतृत्व सम्हालेका माधवकुमार नेपाल कसरी पार्टी विभाजन गर्न अग्रसर भए ? यो प्रश्न कार्यकर्तामाझ उठिरहेको छ । र कार्यकर्तामाझबाटै प्रचण्डको लहलहैमा नेता नेपाल एमाले विभाजन गर्ने गरी अघि बढेको उत्तर पनि आइरहेको छ ।
मुलुक कोरोनाभाइरस संक्रमणको चपेटामा परेका बेला देखिएको एमालेभित्रको राजनीतिले आमनागरिकलाई राजनीतिप्रति थप वितृष्णा बढाएको छ । तर, उनीहरुबीच एकताको सम्भावनाभन्दा विभाजनतर्फ अघि बढेको भन्दै कार्यकर्ता चिन्तित् हुन थालेका छन् । यही अवस्थालाई बुझेका माधव नेपाल पार्टी एकताको पक्षमा जान थाल्दा स्वयं आफ्नै नेताहरुबाट अवरोध आउन थालेको गुनासो गर्न थालेको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ ।
एमालेलाई विभाजन गराएर प्रचण्डले ओलीसँग बदला लिन खोजेको ओली समूहका नेताहरुको आरोप छ । तर, प्रचण्डले आफूले एमालेको विभाजन नचाहेको बताउँदै पनि आएका छन् ।
एमालेलाई विभाजन गराउन माधव नेपाललाई उक्साउन प्रचण्डको हात कति छ, उनीहरु नै जानून । तर, पछिल्लो केही दिनयता एमालेभित्र नेता नेपाललाई उक्सान उनकै समूहका नेताहरु पनि रहेको आरोप लगाउन थालेका छन् ।
पार्टी एकताका लागि गरिएका संस्थापन पक्षको प्रस्तावलाई एकपछि अर्काे अस्वीकार गराउन नेता नेपाललाई उनकै समूहका भीम रावल, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विरोध खतिवडासहितका नेताहरुको भूमिका रहेको आरोप लाग्न थालेको छ ।
यद्यपि, उनीहरु एमालेको एकताका लागि आफूहरु प्रतिबद्ध रहेको बताउँदै आएका छन् । एमाले विभाजनको अवस्थामा आए योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेसहित केही नेताहरु संस्थापन पक्षमा फर्कने ओली समूहका नेताहरुको बुुझाइ छ ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment