कांग्रेस नेता बस्नेतले बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई पच्चीस हजार दिने
काठमाडौं, असार १५ः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले २०७८ साल यता बाढी पहिरोबाट ज्यान गुमाउनेको परिवारलाई राहत स्वरुप प्रति परिवार २५ हजार सहयोग गर्ने भएका छन् ।
नेता बस्नेतलाई नेपाली कांग्रेसको गत असार ४ गते बसेको बैठकले बाढी पहिरो विपद् व्यवस्थापन समन्यव समितिको संयोजकमा मनोनयन गरेको थियो ।
कांग्रेस सभापति देउवाले बस्नेतको नाम सिफारिस गरेपछि सबै नेताले स्वीकार गरेका थिए । नाम नियुक्त भएको एघारौं दिन नेता बस्नेतले मृतकका परिवारलाई २५ हजार दिने प्रेस विज्ञप्ती मार्फत जनाएका छन् ।
स्मरण रहोस नेता बस्नेतले हेलम्बु र मेलम्चीमा गएको बाढी पहिरोबाट पीडित बनेका परिवारलाई राहत उपलब्ध गराउन तत्कालै हेलिकोप्टरबाट राहत पुर्याएका थिए ।
कोभिडका कारण जिल्लाका जनताले ज्यान गुमाउन नपरोस भन्दै बस्नेतले आफू चढ्ने गाडी एम्बुलेन्स बनाएका थिए भने अस्पताल निर्माण र अक्सिजन कमी हुन दिएका थिएनन् । बस्नेतको कांग्रेस वृत्तमा चर्चा भइरहेको छ ।
Comments
Post a Comment