माधब प्रचण्डको नेकपा एकृकित कती साँचो हेर्नुस?





माधब प्रचण्डको नेकपा एकृकित कत्तिको साँचो?

‘एउटा त नेकपा एकिकृत भइहाल्यो तर नेकपा एमाले क्रान्तिकारी, नेकपा एमाले समाजवादीसहित धेरै नामको प्रस्ताव आएको छ। छलफल जारी छ,’ नेपाल समूहका एक नेताले भने। वरिष्ठ नेता नेपालले नयाँ पार्टी घोषणा गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिनका लागि केही समय दिएको ती नेताको भनाइ छ।



अन्तिम प्रयास गर्दा पनि ओलीले सुध्रिने छनक नदेखाएपछि बाध्य भएर एमाले पुनर्गठनको प्रक्रियामा जानु परेको एमालेका एक स्थायी कमिटी सदस्यले बताए।


‘ओलीका लागि यो अन्तिम अवसर हो, हामी हेर्दैछौं, उहाँ नसच्चिए हामी अघि बढ्छौं,’ ती नेताले भने।


माधव पक्ष र नेकपा माओवादी केन्द्रबीच एकता


एमाले वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीकावि’रुद्धमा अहिले मोर्चाबन्दीका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा एकीकृत आ’न्दोलनमा छन्।


तर, वैचारिकरुपमा माओवादीसँग नजिक रहेकाले माधव पक्षले एकताको आरम्भ त्यहीँबाट गर्ने बताइएको छ।




‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता भंग भएर एमाले र माओवादी ब्यूँतिने अवस्था आउनुमा प्रमुख कारक ओली भएको निष्कर्ष निकालिएको छ। त्यही कारण नेकपाको शक्तिलाई कायम राख्न पनि एमालेको बहुमत शक्ति तयार भएको हो,’ ती स्थायी कमिटी सदस्यले भने।


‘दस्तावेज लेख्ने जिम्मा घनश्याम भुसाललाई’


नयाँ पार्टी घोषणा भएपछि दस्तावेज लेखनको जिम्मा घनश्याम भुसाललाई दिने गरी छलफल भइरहेको ती स्थायी कमिटी सदस्यले बताएका छन्। उनका अनुसार एमालेको नवौं महाधिवेशनमा पनि उपमहासचिव भुसालकै राजनीतिक प्रतिवेदन पारित भएकाले उनलाई नै पुनर्गठित पार्टीको दस्तावेज लेखनको जिम्मा दिइने तयारी भइरहेको छ।


यसअघि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताले निर्वाचन आयोगमा नेकपा एकीकृत दर्ता गराएका छन्। वरिष्ठ नेता नेपाल पक्षीय नेता जीवन राईले असार ९ गते बुधबार नेकपा एकीकृत निर्वाचन आयोगमा गराएका हुन्।


निर्वाचन आयोगको जेठ ३० गते बसेको बैठकले स्वीकृत दिएपछि बुधबार नेपाल निकट नेता राईले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेका हुन्।


अध्यक्ष राई नेतृत्वको नेकपा एकीकृतको उपाध्यक्ष कल्पना गुरुङ छिन्। र, महासचिवको जिम्मेवारीमा विनोद खुलाल रहेको राईले बताएका छन्।


राईले नेकपा एकीकृत को चुनाव चिन्ह कलम प्राप्त भएको जानकारी दिएका छन्। ‘वैशाख ७ गते नेकपा एकीकृत दर्ताका लागि निवेदन दिएका थियौं, बुधबार प्रमाण पत्र प्राप्त भयो,’ राईले भने।


राईनिकट एक नेताले नेकपा एकीकृत दर्ताका लागि एमाले वरिष्ठ नेता नेपालले नै अनुमति दिएको बताएका छन्। ‘जीवन राईजी एमालेको जिम्मेवार नेता हो, त्यसैले वरिष्ठ नेता नेपालको स्वीकृतबिना पार्टी दर्ता गर्ने कुरै आउँदैन,’ ती नेताले भने।


तर, नेकपा एकीकृतका अध्यक्ष राईले नेपाल पक्षीय नेताको सल्लाहबिनै पार्टी दर्ता गरेको बताएका छन्। दर्ता भइसकेपछि मात्रै नेपालसहितका नेताहरूले जानकारी पाएको राईले बताएका छन्। 

Comments

Popular posts from this blog

सयौ ठूला नेता कार्यकर्ता काँग्रेस र माओवादी छोडेर एमाले प्रवेश (नाम सहित हेर्नुहोस)

नेपाली भुमिमा भारतले बनाइसक्यो सडक, ओली सरकार किन चुप ? (भिडियोसहित)

मागेको कुरा २ घण्टा भित्र पुरा हुने बिश्वको अनौठो मन्दिरको महिमा पुरा पढी शेयर गरौ !