मलाई त्यही केटी चाहिन्छ भन्ने गीतमा झैं राष्ट्रपतिले भन्नुभो- मलाई ओली नै प्रधानमन्त्री चाहिन्छ

 मलाई त्यही केटी चाहिन्छ भन्ने गीतमा झैं राष्ट्रपतिले भन्नुभो- मलाई ओली नै प्रधानमन्त्री चाहिन्छ



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ को रिटको सुनुवाइमा बहस गर्दै अधिवक्ता गोविन्द वन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयमा प्रशस्त प्रश्न उठेको बताएका छन्।

प्रतिनिधि सभा विघटन मुद्दामा बुधबारदेखि संवैधानिक इजलासमा सुरू भएको बहसमा उनले विश्वासको मतबाट वैशाख २७ मा फेल भएपछि ओलीले प्रधानमन्त्री बन्ने वैधानिकता गुमाएको बताए।


त्यसो भनेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले उनलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसारको प्रधानमन्त्री बनाइएको सम्झाएका थिए।


त्यसपछि बन्दीले भारतीय सर्वोच्च अदालतको फैसलाले गरेको एउटा व्याख्या सुनाए। विश्वासको मत नलिनु भनेको विश्वासको मत गुमाउनुसरह भएको भन्दै गरिएको व्याख्या सुनाएपछि उनले राष्ट्रपतिको निर्णयमा प्रश्न गरेका थिए।


१४९ जनाको हस्ताक्षर बुझाएका देउवालाई दाबी नपुगेको भन्ने अधिकार राष्ट्रपति भण्डारीलाई नभएको उनले बताएका हुन्। ओली प्रधानमन्त्री नबने कोही पनि बन्न हुन्न भन्ने नियत राष्ट्रपतिको भएको उनको तर्क थियो

एउटा गीत छ श्रीमान, मलाई त्यही केटी चाहिन्छ भन्ने। हाम्रो राष्ट्रपतिले पनि त्यही गीतमा झैँ मलाई केपी ओली नै प्रधानमन्त्री चाहिन्छ भन्नु भयो,' उनले इजलासमा भने।


अधिवक्ता खम्बबहादुर खातीपछि उनले बहस गरेका थिए। उनले बहस सकेपछि वरिष्ठ अधिवक्ता महादेव यादवले बहस गरे। अहिले भने बरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीको बहसको पालो छ। खाजा समयपछि उनले केहीबेर बहस गर्नेछन्। त्यसपछि बरिष्ठ अधिवक्ता शम्भु थापाको पालो आउने छ।

Comments

Popular posts from this blog

सयौ ठूला नेता कार्यकर्ता काँग्रेस र माओवादी छोडेर एमाले प्रवेश (नाम सहित हेर्नुहोस)

नेपाली भुमिमा भारतले बनाइसक्यो सडक, ओली सरकार किन चुप ? (भिडियोसहित)

मागेको कुरा २ घण्टा भित्र पुरा हुने बिश्वको अनौठो मन्दिरको महिमा पुरा पढी शेयर गरौ !