कांग्रेस महाधिवेशनको सरगर्मी : यी हुन् सभापतिमा देउवालाई टक्कर दिने तयारीमा जुटेका नेता

 वर्तमान अवस्थामा कांग्रेस नेताहरुको दाबीलाई आधार मान्ने हो भने ५ जनाभन्दा बढी सभापतिका उम्मेदवार देखिएका छन्। वर्तमान सभापति शेरबहादुर देउवाले आफू फेरि सभापतिमा लड्ने घोषणा गरिसकेका छन्। त्यस्तै, कांग्रेस नेता डा. शेखर कोइरालाले एक वर्षअघि नै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन्। कोइराला आफ्नो उम्मेदवारीमा अहिले पनि अडिग छन्।


त्यस्तै, अर्का नेता विमलेन्द्र निधिले पनि आफू सभापतिको उम्मेदवार बन्ने बताइसकेका छन्। उता शशांक कोइराला पनि कुनै पनि हालतमा सभापतिको उम्मेदवारबाट पछि नहट्ने अडानमा छन् भने रामचन्द्र पौडेल पनि सभापतिका उम्मेदवार हुन्।


शेखर कोइरालाले अब कांग्रेसलाई युवाले नेतृत्व गर्नुपर्ने बेला आएकाले आफूले उम्मेदवारी दिने तयारी गरेको बताएका छन्। गणेशमान सिंहका पुत्र प्रकाशमान सिंहलाई संसदीय दलको नेता बनाएर आफू सभापतिमा लड्ने तयारी उनको छ। शेखरले बिपि पुत्र शशांक कोइरालाई सभापतिको दौडबाट ‘ब्याक’ गराउने प्रयास गरिरहेका छन्।


बिपि पुत्र शशांक कोइराला आफ्नो पिताको बिरासत जोगाउनका लागि सभापति बन्ने दौडमा अघि सरेका छन्। आफूले उम्मेदवारी दिएमा जित्ने दाबी उनको छ। तर, अन्तिम समयतिर शेखर र शशांकबीच समझदारी हुने अनुमान गरिएको छ।


अघिल्लो महाधिवेशनमा सभापति देउवालाई सघाएका विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिन कम्मर कसेका छन्। उनले सभापति देउवाले आफूलाई सहयोग गर्नुपर्ने बताउँदै आएका छन्। अब, अन्तिमसम्म देउवाले निधिलाई मनाउन सकछन् वा सक्दैनन् त्यो हेर्न बाँकी छ।


वरिष्ठ नेता रामचन्द्र पौडेल यसपटक पनि सभापतिमा लड्ने तयारीमा छन्। पौडेले यसपटक देउवाले नेतृत्व हस्तानतरण गर्नुपर्ने बताउँदै आएका छन्। अघिल्लो महाधिवेशनमा पराजित पौडेल पनि सभापतिको उम्मेवदारबाट कुनै पनि हालतमा पछि नहट्ने सोचमा छन्। तर, अघिल्लो महाधिवेशनमा सभापतिमै लडेका कृष्णप्रसाद सिटौला भने मौन देखिएका छन्।

Comments

Popular posts from this blog

सयौ ठूला नेता कार्यकर्ता काँग्रेस र माओवादी छोडेर एमाले प्रवेश (नाम सहित हेर्नुहोस)

नेपाली भुमिमा भारतले बनाइसक्यो सडक, ओली सरकार किन चुप ? (भिडियोसहित)

मागेको कुरा २ घण्टा भित्र पुरा हुने बिश्वको अनौठो मन्दिरको महिमा पुरा पढी शेयर गरौ !