के पी ओली बाहेक प्रचण्ड, माधव र विप्लवकाे गाेप्य सहमती : केपी वाहेककाे एकिकृत कम्युनिष्ट पाटी भाेली नै दर्ता
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँगको भेटघाट बढाएका छन् । भेटघाटकाे मुख्य उद्देश्य नै कम्युनिष्ट एकताकाे प्रयास भएकाे वुझिएकाे छ ।
बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेका चन्दले बिहीबार नेकपा एमाले नेता माधवकुमार नेपाललाई भेटेका हुन् । नेपालको निवास कोटेश्वरमा चन्द र नेपालबीच भेटवार्ता चलिरहेकै बेला दाहाल पनि पुगेका थिए । त्यसपछि केहीबेर तीन नेताबीच छलफल भएको दाहालको सचिवालयले जनाएको छ । भेटवार्तामा तीन नेताबीच पछिल्लो समसामयिक राजनीतिक विषय र वृहत कम्यनिष्ट एकताकाे लागि घनिभुत छलफल भएको थियो ।
नेपालमा कम्युनिष्ट पाटी स्थापना भएदेखि नै विभिन्न कारणले विभाजन भएर स सना गुट उपगुटमा सिमित भएकाे देखिन्छ । वृहत कम्युनिष्ट एकता पछि निर्माण भएकाे नेकपा पनि केपी शर्मा ओलीकाे कारण विभाजन भएकाे र झण्डै दुइ तिहाइकाे सरकार ढलेकाे छ ।
नेकपा एमालेकाे माधव समुहका विभिन्न नेताहरुले पाटी भित्र बाट नै केपी प्रवृति विरुद्द लडेर आफ्नै पाटीकाे सरकार ढलेकाे हाे । पुर्व प्रधनमन्त्री तथा एमालेका अध्यक्ष केपीले प्रधानमन्त्री बाट विदाइ भएर वालकाेट निवासमा गएर उनका समर्थकहरुकाे अगाडी माधव नेपालकाे अपमानजनक शब्दहरु प्रयाेग गरेर नानाथरिका आराेप लगाउदै भाषण गरेका थिए । उनले माधव नेपालकाे लागि एमालेमा कुनै पनि ठाउँ नभएकाे र पाटीमा कुनै पनि हालतमा स्विकार गर्न नसकिने धारणा राखेका थिए ।
केपी प्रवृति विरुद्द लड्नकाे लागि नेपालका सबै राजनैतिक दलहरु एक भएकाे देखिन्छ । दुइ दुइ पटक प्रतिनिधी सभा विघटन गरेर जनमतकाे अपमान गरेका केपीकाे लज्जास्पद विदाइ संगै अब वृहत कम्युनिष्ट एकता गर्नकाे लागि प्रचण्ड, बाबुरामा, माधव, विप्लव, वामदेव र झलनाथ एकमत भएकाे श्राेतकाे दावी छ । कम्युनिष्ट एकतामा केपी वाहेक केपी समुहका केही नेताहरु पनि सहभागि हुने देखिएकाे छ । बादल पनि एकताकाे लागि तयार भएकाे वुझिएकाे छ ।
नेपाल निवासमा प्रचण्ड, माधव र विप्लव बिचकाे भेट पनि सरकार संगकाे सम्झाैता कार्यान्वयनकाे लागि भनिएता पनि मुख्य उद्देश्य कम्युनिष्ट एकता गर्नकाे लागि आवश्यक छलफल भएकाे वैडकमा सहभागिले बताएकाे छन । कम्युनिष्ट एकताकाे लागि जसपाका बाबुराम र उपेन्द्र यादव पहिले नै तयारी भएका थिए तर माेहन वैद्य किरण, विप्लव र गाेपाल किराँती सहित अन्य पाटीका नेताहरु संग भेट हुन सकेकाे थिएन ।
प्रचण्ड, माधव र विप्लवकाे भेट पछि पचण्ड प्रचण्ड लागायत सिंगाे पाटी, जसपा बाबुराम उपेन्द्र पक्ष, एमाले माधव, झलनाथ र वामदेव समुह, विप्लव सहित सिंगाे पाटी एकताकाे पक्षमा रहेकाे छ । त्यसैगरि एक श्राेतका अनुसार गाेपाल किराँती पनि एकताकाे पक्षमा रहेकाे बुझिएकाे छ । एकताकाे लागि वैद्यलाई भने सहमतिमा ल्याउने प्रयास भइरहेकाे प्रचण्ड निकटका नेताले वताए ।
विभाजित सबै माओवादी र माधव सहित वृहत कम्युनिष्ट एकता भएमा पाटीकाे नाम भने एकिकृत कम्यनिष्ट पाटी राख्ने अनाैपचारिक छलफल भएकाे बुछिएकाे छ । पाटीमा सके सम्म एकल अध्यक्ष प्रणाली बनाउने वहस भएपनि टुङ्गाे भने लागेकाे छैन । श्राेतका अनुसार प्रचण्डकाे नेतृत्वमा एकता हुने वुझिएपनि प्रचण्डले भने पाटी एकताकाे लागि पद नै ठुलाे नभएकाे वताएका छन ।
साथै चन्द नेतृत्वको पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारसँग गरेको तीन बुँदे सहमतिका विषयमा पनि छलफल भएको छ । तीन बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आए पनि चन्द नेतृत्वको पार्टीका माग पूरा भएका छैनन् । चन्दसँगै धर्मेन्द्र बाँस्तोला पनि नेपाल निवास पुगेका थिए ।
राजनैतिक विश्लेषकका अनुसार याे कम्युनिष्ट एकताकाे लागि अनुकुल समय भएकाे र यसले लामाे समय सम्म नेपालमा शाषण गरेर देश परिवर्न गर्न याेगदान गर्न सक्नेछ । याे अवसर गुमाए फेरि यस्ता समय नआउन पनि सक्छ भनेर जानकारहरुले वताएका छन ।
या पनि पढ्नुहाेस
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव बीच भेटवार्ता भएको छ । प्रचण्ड र विप्लव विचकाे भेट संगै सबै माओवादी पाटीहरु र नेकपा एमालेकाे माधव नेपाल, झलनाथ खनाल पक्ष, वामदेव गाैतम सहित केपी समुहमा भएका क्रान्तिकारी नेताहरु विच वृहत एकता हुने निश्चित भएकाे छ ।
ललितपुरको खुमलटार प्रचण्ड विवासमा प्रचण्ड र विप्लवकाे महत्वपु्र्ण भेटवार्ता भएकाे छ । दाहाललाई भेट्न चन्दसहित नेकपा नेता धर्मेन्द्र बास्तोला पनि खुमलटार पुगेका हुन । प्रचण्ड र विप्लवकाे भेट भएकाे फाेटाे अहिले सामाजिक सञ्जालमा भाइरल भएकाे छ । पाटीका सुभचिन्तकहरु र सारा नेपाली जनताले याे भेटलाई महत्वपुर्ण भेटकाे रुपमा वुझेका छन । याे भेट वृहत कम्युनिष्ट एकताकाे लागि पुर्व याेजनामा नै तय गरिएकाे श्राेतले वताएकाे छ ।
बिशेष सुत्रका अनुसार माओवादी बाट विभाजन भएका विभिन्न पाटीहरु विप्वव, वैद्य, बाबुरामफ आहुती, गाेपाल किराँती लगायत वादल समुह, त्यसैगरि नेकपा एमालेका माधव खनाल समुह, वामदेव गाैतम सहित केपी वाहेक केपी समुहका केही क्रान्तिकारी नेताहरु विच वृहत कम्युनिष्ट एकता हुने निश्चित भएकाे र त्यसकाे लागि विभिन्न नेताहरुलाई जिम्मा पनि ताेकि सकेकाे छ ।
दाहाल चन्दबीच लामो समयको अन्तरालपछि औपचारिक रुपमा भेट भएको हो । अराजक गतिविधि गरेको भन्दै नेकपालाई प्रतिबन्ध लगाएपछि चन्द अर्धभूमिगत बनेका थिए । उनी ०७७ फागुन २१ गते राष्ट्रिय सभागृहमा सरकारसँग पार्टीको तर्फबाट ३ बुँदे सम्झौता भएपछि खुला राजनीतिमा आएका हुन् ।
विभिन्न कारणले पाटी विभाजन भएपछि देश र जनताकाे लागि चाहेकाे जस्ताे काम गर्न नसकेकाे दुवै नेताकाे धारणा थियाे । जनयुद्द पछि विभिन्न सैदान्तिक मतभेद भएर नेकपा माओवादी विभाजन भएर धेरै पाटीहरु बनेका छन । जनयुद्दले जन्माएका नेताहरु विभाजित पाटीकाे सफल नेतृत्व गरिरहेका छन । प्रचण्ड, वैद्य, बाबुराम, विप्लव लगायत थुप्रै नेताहरु आफुले नेतृत्व गरेका पाटीहरु सफलतापुर्वक हाँकेका छन ।
पाटी विभाजन भएपछि केही समय त धेरै कुराहरुमा समस्या देखिएकै हाे । माओवादी समर्थकहरु कसकाे पक्षमा लाग्ने भनेर तितरवितर हुने अवस्था पनि शृजना भयाे । पछि गएर माओवादी बाट विभाजित भएर बनेका नयाँ पाटीहरु हुन वा पुरानै पाटी जुन पाटीमा जनताहरु केन्द्रित भए भने अन्य पाटीमा आस्था राख्नेहरु पनि यीनै विभाजित माओवादीका विभिन्न खेमामा केन्द्रित भए ।
जनमत पहिलेकाे भन्दा धेरै भएकाे तर एकिकृत नहँदा समस्या भएकाेले अब माधव नेपाल सहित माओवादीका सबै खेमाहरु मिलेर एउटा वहत कम्युनिष्ट एकता सहित एकिकृत कम्युनिष्ट पाटी निर्माण गर्नेमा सबै सहमत भएकाे वुझिएकाे छ । यसरी कम्युनिष्ट एकता भयाे भने नेपालमा कम्युनिष्ट पाटीकाे वहुमत आउने र चाइनामा जस्तै सयाैँ वर्ष कम्युनिष्टले देश हाँक्ने माहाेल बन्ने निश्चित हुने यी शिर्ष नेताहरुकाे वुझाइ रहेकाे छ ।
देशमा उत्पन्न नयाँ राजनीतिक घटनाक्रमले एकीकृत कम्युनिस्ट पार्टी गठनको तयारी भएको छ । एकीकृत कम्युनिस्ट पार्टी गठनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, विप्लव, वैद्य, बाबुराम, आहुती त्यसैगरि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमले तयारी थालेका हुन् ।
विश्वस्त स्रोतका अनुसार प्रचण्ड, नेपाल र गौतम लगायत बाबुराम, वैद्य, विप्लव सहित नेताहरुकाे विभिन्न चरणमा छलफल भइसकेको छ । उनीहरुले वृहत कम्युनिस्ट पार्टी गठनको खाका तयार गरेका छन् । सकेसम्म नेकपा एमालेको ओली खेमालाई पनि समेटेर पुनः पार्टी एकीकरणको प्रयास थाल्ने विषयमा पनि कुराकानी भएको बुझिएको छ । त्यसका लागि गौतमले अन्तिम प्रयास गर्ने बुझिएको छ ।
एमाले केपी वाहेक केपी समुहमा रहेका अन्य परिवर्तन चाहने तर विभिध कारणले केपी समुह छाेड्न नसकेका नेतहरु संग वार्तालाप गर्नकाे लागि वामदेव गाैतमलाई जिम्मा दिइएकाे छ भने माओवादीका विभिन्न खेमामा विभाजित पाटीहरु संग वार्तालाप गर्नकाे लागि प्रचण्डलाई जिम्मा दिएकाे श्राेतकाे दावी छ ।
वृहत कम्युनिष्ट एकताकाे पुर्व याेजना अन्तर्गत नै प्रचण्ड विप्लवकाे भेटवार्ता भएकाे विशेष सुत्रले जानकारी दिएकाे छ । नेकपा विभाजन पछि वादल सहित केही नेताहरु केपी समुहमा गएकाे भए पनि उहाँहरुले गल्ति स्विकार गरेर पाटी एकतामा आउने र त्यसकाे लागि छलफल गर्नकाे लागि विप्लवले जिम्मा लिएकाे पनि वुझिएकाे छ ।
वृहत कम्युनिष्ट एकता पछि पाटीकाे नाम भने एकिकृत कम्युनिष्ट पाटी राख्ने सहमती भइसकेकाे र पाटीकाे नेतृत्व प्रचण्डले नै गर्ने कुरामा कुनै पनि विवाद नरहेकाे श्राेतले वताएकाे छ । वैचारिक रुपमा एक भएपछि पदकाे लागि कुनै पनि विवाद नहुने सबै नेताहरुकाे प्रतिवद्दता छ ।
तत्काल ओली समूह एकतामा आउने सम्भावना न्यून छ । त्यस्तो अवस्थामा पनि माओवादी केन्द्र सहित विभाजित सबै माओवादीहरु, एमालेको नेपाल र गौतम समूह मिलेर एकीकृत कम्युनिस्ट पार्टी गठन गरेर अघी बढ्नेबारे लगभग सहमति बनिसकेको बुझिएको छ ।
प्रचण्डले बाबुराम भट्टराइ, माेहन वैद्य किरण, उपेन्द्र यादव सहित वादल समुह संग कुराकानी गरिरहेकाे वुझिएकाे छ । पटक पटक भएका फाेन संवादमा सबै नेताहरु सकारात्मक भएकाे विशेष श्राेतले वताएकाे छ ।
उपचारका क्रममा रहेका एमाले वरिष्ठ नेता झलनाथ खनालसँग पनि नेपाल र प्रचण्डले सम्पर्क गरिरहेको बुझिएको छ । उनी पनि वृहत कम्युनिस्ट पार्टी बनाएर जाने पक्षमा रहेको बुझिएको छ ।
नेकपाको ७१ वर्षे इतिहास : स्थापनाको १३ वर्षसम्म विवाद, त्यसपछि फुटैफुट
नेकपा स्थापनाको दुई वर्षपछि नै २००८ सालमा पुष्पलाललाई महासचिवबाट हटाउँदा उनले पार्टीभित्रै संघर्षको बाटो रोजेका थिए। तर, पुष्पलालको गणतन्त्र र मनमोहनको संवैधानिक राजतन्त्रको लाइनले पार्टीमा फुटको बीउ रोपिएको थियो।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना नै विवादका बीच भएको थियो। २००६ सालमा पार्टी स्थापना हुँदा विवादको केन्द्रमा पुष्पलाल नै थिए। उनले मार्क्सवादको अध्ययन र प्रचारमा लागेका ‘मित्रहरु’लाई नजरअन्दाज गरेर पार्टी खोलेका थिए।
भारतको कलकत्तामा रहेका पुष्पलाल नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिइ मार्क्सवादको अध्ययनमा जुटेका थिए। उनले २३ चैत २००५ मा ‘कम्युनिष्ट घोषणापत्र’को नेपाली अनुवाद प्रकाशन गरे। यो नेपालीमा प्रकाशित पहिलो मार्क्सवादी रचना थियो।
उता केशरजंग रायमाझी अध्ययनरत क्यम्पवेल मेडिकल स्कुलमा केही युवाले ‘मार्क्सिस्ट स्टडी सर्कल’ गठन गरे। पछि यो संस्थामा रायमाझीसहित भारतमा अध्ययनरत अधिकांश नेपाली युवा आबद्ध हुन थाले। तीमध्ये एक जना बनारसमा अध्ययनरत मनमोहन अधिकारी पनि थिए। रायमाझी र अधिकारी भारतीय कम्युनिष्ट पार्टीको सम्पर्कमा समेत थिए।
‘मार्क्सिस्ट स्टडी सर्कल’ मा पुष्पलालसहित हिक्मतसिंह भण्डारी, डीपी अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, एबी प्रधान, रामबाबु कार्की जस्ता युवा संलग्न भए। सर्कलको उद्देश्य नेपालमा कम्युनिष्ट पार्टी खोल्नु थियो। त्यसतर्फ छलफल हुँदाहुँदै पुष्पलालले सर्कलका साथीहरुलाई थाहै नदिइ गुप्त ढंगले अरु चार जनालाई सम्मिलित गराई नेकपा स्थापना गरेको डा. सुरेन्द्र केसीले आफ्नो पुस्तक ‘नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास’ मा उल्लेख गरेका छन्।
नेकपाको स्थापना १० वैशाख २००६ मा कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरमा भएको थियो। पुष्पलालले ‘नेपालको कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास’मा भने आफूले नेकपा स्थापना गरिसकेपछि मात्र पार्टीको निर्णय अनुसार ‘मार्क्सवादी अध्ययन मन्डल’ गठन गरेको उल्लेख गरेका छन्। अध्ययन मण्डलमा हिक्मतसंह भण्डारी, प्रयागलाल, शमशेर चाँद र केशरजंग रायमाझी सदस्य भएको पनि उनले लेखेका छन्।
नेकपा स्थापना गर्दा संस्थापक सदस्यमा मोतीदेवी श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी थिए। महासचिव पुष्पलाल आफैँ थिए। यसरी पुष्पलालले काठमाडौँबाट कलकत्ता पुगेका नेवारहरुलाई मात्र समेटेर पार्टी खोलेका थिए। पुष्पलालबाहेक कोही पनि ‘माक्र्सिस्ट स्टडिज सर्कल’मा आबद्ध युवा थिएनन्।
पार्टी खोले पनि यसलाई गोप्य नै राखिएको थियो। ३० भदौ २००६ मा नेकपा स्थापनाको औपचारिक जानकारी बाहिर ल्याइयो। अचम्म त के भने पार्टी स्थापनाको जानकारी दिँदा यसअघिका पाँच संस्थापकमध्ये पुष्पलालबाहेक अरु कोही थिएनन्।
पार्टी खोले पनि यसलाई गोप्य नै राखिएको थियो। ३० भदौ २००६ मा नेकपा स्थापनाको औपचारिक जानकारी बाहिर ल्याइयो। अचम्म त के भने पार्टी स्थापनाको जानकारी दिँदा यसअघिका पाँच संस्थापकमध्ये पुष्पलालबाहेक अरु कोही थिएनन्। सो दिन घोषित केन्द्रिय कमिटीमा मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी र भाइसाहेब भनिने अयोध्या सिंह थिए। महासचिव भने पुष्पलाल नै थिए।
यो समितिमा रहेका अयोध्या सिंह भाकपाका प्रतिनिधि थिए। त्यहीकारण पनि पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टी पुनर्गठन गरेर सार्वजनिक गर्न भाकपाले भूमिका खेलेको अनुमान गर्न सकिन्छ। किनभने पहिलो समिति बनाउनुअघि पनि पुष्पलालको भारतीय कम्युनिष्ट नेता नृपेन्द्र चक्रवर्ती सँग सम्बन्ध थियो। उनले भारतीय कम्युनिष्ट पार्टीबाटै मार्क्सवादी शिक्षा पाएका थिए। दोस्रो समितिमा पनि केशरजंग रायमाझी भने छुटेका थिए।
पुष्पलालले आफ्नो पुस्तकमा नेकपा स्थापनापछि गौरिभक्त प्रधानमार्फत तुलसीलाल अमात्य पार्टी सम्पर्कमा आएको उल्लेख गरेका छन्। तर, तुलसीलाल दोस्रो केन्द्रिय समितिमा सदस्य हुँदा गौरिभक्तको नाम उल्लेख छैन। मनमोहन अधिकारीले नरबहादुर कर्माचार्यमार्फत पार्टीसँग सम्पर्क गरेको पुष्पलालले उल्लेख गरेका छन्। तर, कर्माचार्यको नाम पनि दोस्रो केन्द्रिय समितिबाट हटेको छ भने मनमोहन समावेश छन्।
यसरी स्थापनाकालमा नै ‘अदृश्य गतिविधि’का कारण नेकपामा विवादको बीउ रोपिएको थियो। त्यो विवादमध्ये एउटा थियो- पार्टी स्थापना मिति। अहिले पनि केहीले १० वैशाखलाई स्थापना दिवस मान्ने गरेका छन् भने केहीले पार्टी स्थापनको सार्वजनिक जानकारी गराइएको र पहिलो पटक नेकपा घोषणापत्र जारी गरिएको ३० भदौलाई स्थापना दिवस मान्ने गरेका छन्।
२०१७ सालमा पहिलोपटक कम्युनिष्ट पार्टीभित्रको विवाद बाहिर आउँदा स्थापना दिवस तथा संस्थापक सदस्यहरुबारे पनि किचलो उठेको थियो। त्यसपछि पनि पार्टी स्थापनाको विवादले बेला बेला चर्को रुप लिएको थियो।
नेकपाको स्थापनालाई २०३५ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी (माले) ले पनि ‘षड्यन्त्रपूर्वक गरिएको’ भनेको छ। मालेको प्रथम राष्ट्रिय सम्मेलनको दस्तावेजमा “पार्टीको स्थापना अन्तर्राष्ट्रिय संशोधनवादको षड्यन्त्रको उपज थियो” उल्लेख छ। नेकपा मालेको स्थापना गर्दा यसका नेता सीपी मैनाली, मदन भण्डारी, माधवकुमार नेपाल, इश्वर पोखरेल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, जीवराज आश्रित लगायत थिए। केपी ओली भने जेलमा थिए।
त्यसबेला पुष्पलालको छुट्टै कम्युनिष्ट पार्टी थियो । तर, पुष्पलालको त्यही वर्ष ७ साउनमा मृत्यु भइसकेको थियो। पुष्पलालको कम्युनिष्ट पार्टीलाई सहाना प्रधान, बलराम उपाध्याय लगायतले पुनर्गठनको प्रयास गर्दै थिए। त्यतिबेलाका कुनै पनि कम्युनिष्ट पार्टीमा मेल थिएन। एउटाले अर्कोलाई संसोधनवादीको आरोप लगाउँथे। त्यसैले नेकपा मालेका नेताले पुष्पलालमाथि प्रहार गरेका थिए।
यस्तो थियो पहिलो सैद्धान्तिक विवाद
नेकपा माले स्थापना गर्ने नेताहरु नै नेकपा एमाले हुँदै अहिलेको नेकपाका नेता छन्। अहिले नेत्रविक्रम चन्दको नेकपा, मोहनविक्रम सिंहको नेकपा मशाल, नारायणमान विजुक्छेको नेमकिपालगायतले सत्ताधारी (ओली र दाहाल–नेपाल समूह) नेकपालाई ‘संसोधनवादी’ भएको आरोप लगाउँछन्। अहिलेका नेकपाका नेताले पनि २०३५ सालमा नेकपा मालेको पहिलो राष्ट्रिय सम्मेलनको राजनीतिक दस्तावेजमा पुष्पलाल लगायत नेकपाका संस्थापकहरुलाई ‘संसोधनवादी’ भएको आरोप लगाएका थिए।
उक्त दस्तावेजमा भनिएको छ, “अन्तराष्ट्रिय संसोधनवादको षड्यन्त्रमा फस्दै सन् १९४९ मा नेपाल कम्युनिष्ट पार्टीको गठन भयो। यसरी शुरुदेखि नै संशोधनवादले जरा गाड्न सक्यो।” भारत, कांग्रेस र दिल्लीबीचको सम्झौताको भण्डाफोर गरेर जनवादी क्रान्तिको बाटोमा आन्दोलन नबढाएको र सम्झौताको समर्थन गरेको मालेको आरोप थियो।
मालेको यो आरोप विल्कुलै झूटो थियो। महासचिव पुष्पलाल र सिंगो पार्टी पंक्तिले त्यसवेला दिल्ली सम्झौताको विरोध गरेको थियो। त्यति मात्र नभइ गणतन्त्र स्थापनालाई लक्ष्य बनाएर आन्दोलन गर्न पनि आह्वान गरेको थियो। तर, आफ्नो पार्टी सानो भएको र संगठन विस्तार नभइसकेको हुनाले आन्दोलन उठाउन नसकेको पुष्पलालद्वारा लिखित ‘नपालमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास’मा उल्लेख छ।
असोज २००८ मा नेकपाको पहिलो सम्मेलन कलकत्तामा भएको थियो। यो सम्मेलनअघि नेकपाको विधान नै थिएन। विधान नहुँदा पनि राणाहरुलाई पार्टी सदस्यता नदिने कम्युनिष्ट नेताहरुबीच मौखिक सहमति थियो। प्रस्तावित विधानमा यही प्रावधान थियो। तर, राणाहरु पनि धनी र गरीब हुन्छन् भनेर यसको विरोध भयो।
वास्तवमा नेकपाभित्र संसोधनवादको पक्षमा पहिलो आवाज उठाउने पुष्पलाल थिए। संसोधनवादको बहस नै नेकपाको पहिलो सैद्धान्तिक बहस थियो। तर, नेकपाभित्र देखिएको पहिलो विवाद भने पार्टी सदस्यताबारे थियो।
२००८ असोजमा नेकपाको पहिलो सम्मेलन कलकत्तामा भएको थियो। यो सम्मेलनअघि नेकपाको विधान नै थिएन। विधान नहुँदा पनि राणाहरुलाई पार्टी सदस्यता नदिने कम्युनिष्ट नेताहरुबीच मौखिक सहमति थियो। प्रस्तावित विधानमा यही प्रावधान थियो। तर, राणाहरु पनि धनी र गरीब हुन्छन् भनेर यसको विरोध भयो।
यो व्यवस्थाको विरोध गर्ने को थियो भनेर पुष्पलालले आफ्नो पुस्तक ‘नेपालमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास’मा उल्लेख गरेका छैनन्। तर, विवादपछि यो धारा नै हटाएको भने उल्लेख गरेका छन्।
यसबाट के स्पष्ट हुन्छ भने २००८ सालमा नै नेकपाभित्र राणाहरुलाई हेर्ने दृष्टिकोणलाई लिएर दुई वटा विचार बनेको थियो। अपवादमा बाहेक त्यसबेला गरीब राणा कोही पनि थिएन। त्यसैले धनी र जमिनदारप्रति नरम दृष्टिकोण राख्ने केही नेता कम्युनिष्ट पार्टीभित्र जन्मिसकेका थिए। संभवतः तिनै नेताका कारण २०८ सालदेखि नै राजतन्त्र र गणतन्त्रको लाइनमा पार्टीभित्र संघर्ष शुरु भयो।
पुष्पलालले २००८ सालको प्रथम सम्मेलनपछि पार्टीमा संसोधनवाद प्रवेश गरेको उल्लेख गरेका छन्। पाटनमा भूमिगत रुपमा २०१० सालमा भएको पहिलो अधिवेशनमा भने तत्कालीन महासचिव मनमोहन अधिकारीले नै संसोधनवादलाई संस्थागत रुपमा प्रवेश गराएको उनको ठहर छ।
उक्त अधिवेशनमा मनमोहन अधिकारीले २००६ सालमा नेकपाले जारी गरेको प्रथम घोषणापत्र संसोधनको प्रस्ताव राखेका थिए। पुष्पलालले यसको विरोध गरे। प्रथम घोषणापत्र गणतन्त्रवादी भएको तर, दोस्रो अधिवेशनले संसोधन गरेर वैधानिक राजतन्त्र स्वीकार गरेको पुष्पलालले उल्लेख गरेका छन्।
Comments
Post a Comment