यसरी फेरि एमाले कै सरकार बन्दै... देउवा र प्रचण्ड लाई ४४० को झड्का
नेकपा एमालेले पार्टी एकता गर्न बनेको १० सदस्यीय कार्यदल खारेज गरेको छ । शुक्रबार बसेको स्थायी समितिको बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्यदल विघटन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले देउवा नेतृत्वको सरकारको विपक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशन समेत दिएको छ । त्यस्तै अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ऐतिहासिक काम गरेको भन्दै बैठकले धन्यवाद ब्यक्त गरेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले बुधबार बालकोटस्थित आफ्नै निवासबाट घोषणा गरे, ‘माधव नेपालजस्ता लाजसरम हराएका मान्छेका पछाडि लाग्ने केही व्यक्तिहरू अब सच्चिएर पार्टीमा काम गर्न चाहन्नुहुन्छ भने काम गर्न दिन्छौँ ।तर, माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकारे पनि पार्टीमा कुनै ठाउँ छैन ।….माधव नेपालजस्ता गद्दारलाई क्षमा गर्न सकिन्न ।’
प्रधानमन्त्री पदबाट बाहिरिँदै गर्दा ओलीले मंगलबार सिंहदरबारबाट गरेको सम्वोधनमा पनि माधव नेपाल पक्षले आपराधिक कार्य गरेको बताएका थिए । माधव नेपाल समूहमाथि केपी ओलीको यस्तो प्रहारपछि अब नेकपा एमालेको कार्यदलले सार्वजनिक गरेको १० बुँदे सहमति सकिएको छ र एमाले विभाजित हुने पक्का भएको छ
यता प्रधानमन्त्रि देउवा भेट्न आएका नेपाललाई पनि देउवाले आवश्यक परेको खण्डमा पार्टी विभाजनका लागि आवश्यक कानूनी तारतम्य मिलाइदिन सक्ने आश्वासन दिएका थिए ।माधव कुमार नेपालले के प्रतिक्रिया जनाउने हुन् त्यो भने हेर्न बाकी नै छ।
Comments
Post a Comment