शेर बाहादुर, प्रचण्ड माधब मिलेर MMC पास गर्ने तयारी? तपाई लाइ कस्तो लाग्छ सहि कि गलत (भिडियो सहित हेर्नुहोस)

 


काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई अगाडि बढाउने भएको छ । यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु होला। 👇👇👇👇👇👇👇👇👇👇 यो समाचार भिडियो सहित हेर्न माथि क्लिक ☝️ गर्नु


यसअघि सत्तारुढ दलभित्र विवाद हुंदा अगाडी नबढेको एमसीसी सम्झौतालाई संसदबाट पारित गराउन प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता माधव नेपालबीच सहमती बनेको स्रोतको दावी छ ।


सरकार र अमेरिकाको एमसीसीबीच २०७४ भदौ २९ मा वासिंङटनमा सम्झौता भएको थियो । त्यो बेला अहिलेका प्रधानमन्त्री देउवा नै प्रधानमन्त्री थिए भने हालका कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की अर्थमन्त्री थिए । अहिले कार्कीको नियुक्तीलाई त्यसैसंग जोडेर हेरिएको छ ।कार्कीले नै नेपालको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका थिए ।


एमसीसीको ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड अमेरिकी डलरमा अन्तरदेशीय विद्युत् प्रसारण लाइन र सडक मर्मत परियोजना संचालन गर्नका लागि एमसीसी सम्झौता भएको थियो । तर, नेकपाका कतिपय नेताहरुले त्यसलाई राजनीतिक एजेण्डा बनाएका थिए ।


सम्झौताका कतिपय बुँदालाई लिएर विवाद उत्पन्न हुँदा एमसीसी सम्झौता लामो समयदेखि संसदमा विचाराधीन रहेको छ । सत्तारुढ दल नेपाली कांग्रेस एमसीसीलाई जसरी भएपनि पारित गराउने पक्षमा छ । कांग्रेसले केन्द्रिय समितिबाट नै एमसीसीको पक्षमा निर्णय लिने बताइसकेको छ भने यता नेकपा एमाले पनि एमसीसी सम्झौता पारित गर्ने पक्षमा छ ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु प्रधानमन्त्री हुंदा एमसीसी सम्झौता पारित गर्न प्रस्ताव अघि बढाएपनि आफ्नै दलभित्रको विरोधपछि एमसीसी अघि बढेको थिएन । एमसीसी अघि बढनुमा कुनै सत्तारुढ दल र प्रतिपक्ष दल दुवैको भूमिका भएपनि पछिल्लो समय त्यसका केही प्रावधान र सर्तलाई लिएर विवाद उत्पन्न भएको थियो ।


तत्कालिन नेकपामा छँदा ओली पक्ष एमसीसी सम्झौता पास गर्ने पक्षमा थियो भने ओली इतरका नेताहरु एमसीसी सम्झौता नेपालको हित विपरीत रहेको भन्दै संसोधन सहित पारित गर्नुपर्ने अडानमा थिए ।


एमसीसीको हकमा एमाले अध्यक्ष ओली र नवनियुक्त प्रधानमन्त्री देउवाको एउटै लाइन थियो । तर, तत्कालिन प्रधानमन्त्री ओलीले संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि भने दुवैबीच दुरी बढेको थियो । त्यतिवेला विपक्षी गठवन्धनमा रहेका नेता नेपाल र माओवादी अध्यक्ष प्रचण्ड एमसीसी परिमार्जनसहित पारित गर्न सहमत बनेपछि देउवा समेत उक्त गठवन्धनमा सामेल भएको स्रोतको दावी छ ।


‘उहांहरुबीच गठबन्धन हुनुपुर्व नै तीनै जना नेताहरुबीच परिमार्जनसहित एमसीसी पारित गर्ने सहमती भइसकेको छ । अव चाँडै नै यसलाई पारित गर्ने तयारीमा हामी छौं,’ सत्तारुढ दल माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले काठमाण्डुपाटीसंग भने ।


एमसीसी सम्झौता कांग्रेसकै नेतृत्वमा सम्पन्न भएकाले कांग्रेस जसरी पनि एमसीसी पास गराउने पक्षमा छ । एमसीसी सम्झौता राष्ट्रिय हित विपरीत भएको भन्दै विरोध गरेको माओवादी केन्द्र पनि एमसीसी सम्झौता पारित गराउन सहमत भइसकेको छ ।


एमाले अध्यक्ष ओलीले यसअघी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकी राजदूत रेण्डी वेरीसंगको भेटमा समेत आफु सरकारमा आएको बेला एमसएसी पारित गर्ने आश्वासन दिएको एक अन्तवार्तामा खुलासा गरेका थिए ।


‘ओलीको वर्हिगमनका लागि गठबन्धन गर्दा कांग्रेस सभापति देउवा र दाहालबीच एमसीसीबारे फरक–फरक धारणा थियो । दाहालले एमसीसी परिमार्जनसहित पारित गर्ने सहमती जनाएसंगै गठबन्धन अघि बढेको हो । अव त्यसमा कुनै समस्या हुंदैन,’ माओवादी स्रोतले भन्यो ।


एमसीसी सम्झौता २०७६ असार ३० गते प्रतिनिधिसभामा दर्ता भएको थियो । सम्झौतालाई प्रतिनिधिसभाबाट अनुमोदन गर्न नेपाल सरकार र एमसीसीबीच भएको सहमति अनुसार नै संसदमा प्रस्ताव दर्ता गरिएको थियो । तर, दलहरुबीच विवाद हुंदा उक्त सम्झौता लामो समयदेखि अलपत्र परेको थियो । सभामुख अग्नी सापकोटासमेत त्यसलाई अघि बढाउन इच्छुक थिएनन् । यद्यपी उनले आफु सभामुख हुनुअघि नै अमेरिकी अधिकारीहरुलाई भेटेर आफु त्यसमा बाधक नबन्ने प्रतिवद्धता जनाएको बताइन्छ ।


सम्झौतामा कतिपय अपमानजनक सर्तहरू राखिएको र त्यसले नेपालको निर्णय गर्न सक्ने स्वतन्त्रतामा प्रभाव पर्न सक्ने आरोप तत्कालिन नेकपाका नेताहरुले लगाएका थिए । उनिहरुले अनुदान लिँदा तिनलाई सच्याएर स्वीकार्नुपर्ने अडान राख्दै आएका थिए । तर, बदलिएको परिस्थितिमा भने उनिहरु त्यसलाई अघि बढाउन सहमत देखिएका छन् ।


लामो समयदेखि विवादित सम्झौतालाई अघि बढाउन प्रमुख पार्टीहरु सहमत भएपछि उक्त सम्झौता कार्यान्वयनमा जाने भएको हो । एमसीसी सम्झौता संसदको आगामी बैठकबाट पारित गर्ने तयारी सत्तारुढ दलहरुको छ । अमेरिकाले सम्झौता इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको होइन भनेर प्रतिवद्धता जनाइसकेको छ । तर, त्यसमा थप प्रतिवद्धता खोज्ने र अनि संसदबाट त्यसलाई अनुमोदन गराउने सत्तारुढ दलका नेताहरुको तयारी छ ।


Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला