‘आउदो चुनावमा बहुमत ल्याएर सरकार बनाउछु’
नेकपा एमालेका अध्यक्ष केपी ओलीले आउदो चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन्।
एमाले काठमाडौँ जिल्ला कमिटीले गरेको भेलालाई सम्बोधन गर्दै ओलीले अहिले देशमा दक्षिणपन्थीको सरकार रहेको बताए। ओलीले आफ्नै सरकार ढाल्ने माधव नेपाललाई एमालेमा कुनै स्थान नदिने घोषणा समेत गरे।
‘आफ्नो दलको सरकार ढाल्ने गद्दारी गरेर दक्षिणपन्थीको सरकार बनाएर संविधान बचायौ भनेका छन्’ त्यस्तालाई एमालेमा कुनै भूमिका दीइन्न।
ओलीले एमालेमा माधव नेपाल विनाको एकतालाई जोड दिनुपर्ने समेत बताए।
‘आउदो निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउछ र जनताको समृद्धिको सपना पुरा गरेर छाड्छु’ ओलीले भने।
Comments
Post a Comment