राजनीतिमा प्रचण्डले उथलपुथल मच्चाउदै, खोल्दैछन यस्तो सनसनीपूर्ण खुलासा !
पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक अर्को ठूलो राजनीतिक खुलासा गरेका छन् । प्रचण्डले हाल सत्ता गठबन्धनमा रहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल एमालेमै फर्किन लागेको भन्दै सनसनीपूर्ण खुलासा गरेका हुन् ।
आइतबार पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकमा ब्रिफिङ गर्दै उनले एमाले नेता नेपाल समूह सरकारमा नआउने विश्लेषण सुनाएका हुन् । ‘परिस्थिति अहिले अलिकति फेरिएको छ । माधवजी एमालेमै फर्किने सम्भावना बढेको छ । यो विषयमा शेरबहादुरजी र उपेन्द्रजीसँग छलफल गर्नुपर्ने भयो,’ उनको भनाइ उद्दृत गर्दै स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले भने ।
प्रचण्डले विगत तीन दिनदेखि नियमित रूपमा नेता नेपालसँग संवाद गरिरहेका छन् । आइतबार पनि उनले कोटेश्वरस्थित निवासमा पुगेर नेता नेपालसँग भेटवार्ता गरेका थिए । गत साता बसेको स्थायी समिति बैठकमा प्रचण्डले माधव नेपाल समूह सरकारमा सहभागी हुने बताएका थिए ।

Comments
Post a Comment