त्रिभुवन विश्वविद्यालयको संपूर्ण विद्यार्थीका लागि अत्यन्त जरुरी सूचना

 त्रिभुवन विश्वविद्यालयको संपूर्ण विद्यार्थीका लागि अत्यन्त जरुरी सूचना



त्रिभुवन विश्वविद्यालयको संपूर्ण विद्यार्थीका लागि अत्यन्त जरुरी सूचना


त्रि वि का कुनै परिक्षा स्थगित हुदैन: परिक्षा नियन्त्रक जोशि


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफूले सञ्चालन गर्ने परीक्षा स्थगित नहुने जानकारी दिएको छ ।


हाल त्रिविमा सबैजसो संकायको स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन भइरहेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिविका परीक्षा स्थगित नहुने जानकारी दिए ।


स्नातक तह प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा शुक्रबार नै सकिएको छ भने विज्ञान र शिक्षा संकायका परीक्षा आइतबार सकिनेछ ।


त्यसपछि मानविकी तथा सामाजिक संकायको मात्र परीक्षा बाँकी रहने जोशीले बताए । परीक्षा दिन बाँकी विद्यार्थी थोरै रहेको र लामो समयसम्म परीक्षा नभएका कारण स्वास्थ्य मापदण्ड अपनाएर ती परीक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।


‘हाम्रो सबै परीक्षाको हिसाब गर्दा २०/३० हजार विद्यार्थी छन्, धेरैजसोको परीक्षा सकिने क्रममा छन्’ उनले भने, ‘त्यसैले त्रिविले तोकेको सबै परीक्षा सञ्चालन हुन्छन् ।’


कोरोना महामारी फेरि बढ्न थालेको भन्दै शनिबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ/

Comments

Popular posts from this blog

सयौ ठूला नेता कार्यकर्ता काँग्रेस र माओवादी छोडेर एमाले प्रवेश (नाम सहित हेर्नुहोस)

नेपाली भुमिमा भारतले बनाइसक्यो सडक, ओली सरकार किन चुप ? (भिडियोसहित)

मागेको कुरा २ घण्टा भित्र पुरा हुने बिश्वको अनौठो मन्दिरको महिमा पुरा पढी शेयर गरौ !