माधव नेपाललाई लाल गद्दार भन्दै गृहजिल्ला रौतहटमा प्रदर्शन
पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई लाल गद्दार भन्दै उनकै गृहजिल्ला रौतहटमा विशाल मोटरसाइकल र्यालीसहित जनप्रदर्शन भएको छ। शनिबार काठमाडौंमा नेपाल निकट अखिल फोर्सले आयोजना गरेको मोटरसाइकल र्यालीको काउन्टर र्याली रौतहटमा निकालिएको हो।
पूर्वशहरी विकासमन्त्री प्रभु साहको नेतृत्वमा गठन भएको आर्मीले मोटरसाइल ¥याली प्रदर्शन गरेको हो । आर्मीका केन्द्रीय संयोजक सिवी साह र प्रदेश सांसद कुन्दन कुशवाहाको नेतृत्वमा ¥याली निकालिएको थियो ।
रौतहटको मौलापुर, ईशनाथ, कटहरिया, देवाही गोनाही, गरुडा, फतुवाविजयपुर, चन्द्रपुर, वृन्दावन, परोहा, बौद्धीमाईलगायत नगरपालिका तथा यमुनामाई गाउँपालिकाबाट आएका समर्थक ¥यालीमा सहभागी थिए ।
एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै
नेकपा एमालेकाे स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।
एकताकाे प्रयास जारी रहेकाे भन्दै शनिबारकाे बैठक एजेण्डामै प्रवेश नगरी आजसम्मका लागि स्थगित गरिएकाे थियाे । दिउँसाे ३ बस्ने बैठकमा पार्टीकाे विधान महाधिवेशनकाे तयारी, केन्द्रीय विभागहरूलाई पूर्णता दिने, सदस्यता नवीकरण, माधव गुटसँगकाे एकता लगायत विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयाे ।
शनिबार केहीबेर बसेकाे बैठक एजेण्डामै प्रवेश नगरी आजका लागि सारिएकाे हाे । शनिबारकाे बैठकमा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले विघटित कार्यदलको प्रगति विवरण सुनाउनुभएकाे थियाे । त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसाे ३ बजेसम्मका लागि बैठक स्थगित भएकाे बताउनुभएकाे थियाे ।
Comments
Post a Comment