माधव नेपाललाई डा केसीको खरो प्रश्न,सुर्य बाट जितेर रुखमा भोट हाल्ने अझै ठूला कुरा?
राजनितिक विश्लेषक डा सुरेन्द्र कसीले एमाले वरिष्ठ नेता माधव नेपाल समूहको हर्कत माथी गम्भिर प्रश्न उठाएका छन् । एमालेको चुनाव चिन्ह सुर्य बाट चुनाव जितेर आउँने अनि रुखमा भोट हाल्नेहरुले चर्का कुरा गरेर हिड्ने कुन नैतिकताले हो भन्दै डा केसीले सोधेका छन् ।
ओटीभी नेपाल डट कम सँगको कुराकानीमा राजनितिक विश्लेषक डा केसीले माधव नेपाल समूह निर्लज्ज तरिकाले प्रस्तुत भएको बताए । राजनितिको कनै पनि सिद्धान्त , आधार र कारण बाट माधव समूहले गरेको कामलाई सहि भन्न नसकिने उनले बताए । माधव समूहले जुन व्यवहार देखाइ रहेका छन् त्यो टिप्पणी गर्न पनि लायक नभएको डा केसीको भनाई छ । राजिनितीमा न्युनतम इमान्दारी र अनुशासन जस्तो पार्टीमा पनि हुन्छ त्यस माथी कम्युनिष्ट पार्टी भनको अनुशानलेनै बनेको हुन्छ यसमा उनिहरुले केहि बाँकी राखेनन् यस्तो कुनै हालतमा गर्न पाइन्न डा केसीले भने ।
माधव नेपाल समूहले अनुशासनहिन र अराजक गतिविधी गरेको भन्दै डा केसीले उनीहरुको व्यवहार दण्डनिय भएको पनि वताए । कम्युनिष्ट पार्टीमा पार्टी अनुशासन भन्दा बाहिर गएर गुटबन्दी गर्नै नपाइने भन्दै उनले माधव नेपालहरु माथी कारवाहीको डण्डा चलाउँन ढिलो भएकै कारण उनीहरु थप अराजक बन्दै गएको बताए । जुन दिन पार्टी विरुद्ध गुटबन्दी गर्दै खुमलटा र कोटेश्वर गर्न थाले त्यसै बेला उनीमाथी कारबाही गर्नु पर्दथ्यो यस्तो त कम्युनिष्ट पार्टीमा चल्दै चल्दैन डा केसीले भने ।
कुराकानीका क्रममा विश्लेषक डा केसीले माधव नेपाल बाट यो तहको व्यवहारको आफुले कहिल्यै कल्पना नगरेको पनि बताए । संसदको अन्तराष्ट्रिय समतिमा एमाले वरिष्ठ नेता माधव नेपालले एमाले सांसद
नारदमुनी राना प्रति गरेको व्यवहार प्रति लक्षित गर्दै केसीले माधव नेपालनै यो तहको व्यवहार गर्छन् भने रामकुमारी झाँक्रीहरु बाट हामीले के उपेक्षा गर्ने भन्दै प्रश्न गरे । माधव समूह जुन बाटो हिँडेको छ त्यो बाटोनै गलत भएको बताउँदै केसीले गलत बाटो हिँडेर कहिल्यै सहि गन्तव्यमा नपुगिने ठोकुवा गरे ।
समसामयिक बिषयमा केन्द्रित रहेर राजनितिक विश्लेषक डा सुरेन्द्र केसी सँग ओटीभी नेपालले गरेको भिडियो कुराकानी हेर्नुहोस्
Comments
Post a Comment